पर्यटकलाई सित्तैमा सिमकार्ड!

२०७० चैत्र १३ गते, बिहीबार


काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकलाई मोवाईलको सिमकार्ड निःशुल्क दिने तयारी गरेको छ । नेपाल आएपछि टे«कर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (पदयात्री व्यवस्थापन सूचना प्रणाली टिम्स) कार्ड खरिद गर्ने प्रत्येक पर्यटकलाई एक थान सिमकार्ड निःशुल्क दिन पर्यटन बोर्डले आवश्यक काम अगाडि बढाएको छ ।‘पछिल्लो पटक नेपाल घुम्न आएका जर्मनीका एक पर्यटक हराईरहेका छन् । त्यो घटनाबाट हामी बढी सतर्क भएका छौं ।’, पर्यटन बोर्डका कामु प्रमुख कार्यकार्य अधिकृत सुभाष निरौलाले भने ‘नेपाल घुम्न आएका पर्यटकलाई अप्ठेरो पर्दा ट्रेस गर्न सकियोस् भनेर निःशुल्क सिमकार्ड दिने तयारी गरेका छौं । पर्यटन बोर्डका अनुसार नेपाल भ्रमणमा आएका ४० वर्षीय जर्मन पर्यटक उमित एइपे अलेक्जेन्डर अस्लिम गत फागनु १ बाट हराइरहेका छन् । टिम्स कार्ड नम्वर १०००७२२७ भएका उनले फागनु १ मा अन्नपूर्ण क्षेत्रमा प्रवेश गरेको रेकर्ड रहेपनि हालसम्म फर्केका छैनन् । उनको परिवार खोजीका लागि अहिले काठमाडौं आएको छ ।
‘पर्यटकसँग सेवा शुल्क लिएपछि सुविधा दिनु हाम्रो कर्तव्य हो’, कामु प्रमुख निरौलाले भने , ‘यदि उनले मोबाइल बोकेको भए मोबाइल ट्रेस गरेर उनलाई भेट्टयाउन सकिन्थ्यो । भविष्यमा यस्ता घटना हुन नदिन अहिलेकदेखि सचेत हुनु आवश्यक छ । त्यही भएर पर्यटकलाई निशुल्क सिकर्मका दिने तयारी भएको हो ।’ पर्यटकले बाटो बिराउँदा कुनै समस्या पर्दा वा दुघर्टनामा पर्दा पर्यटक प्रहरी वा पर्यटन बोर्ड वा अन्य निकायम तत्काल खबर गर्न र त्यसपछि उनीहरुलाई उद्दार गर्न वा भेट्न सजिलो होस् भनेर बोर्डले सिमकार्ड दिने योजना बनाएको हो ।
‘सिमकार्ड उपलब्ध गराउन मोबाइल सेवा प्रदायक सरकारी कम्पनी नेपाल टेलिकम र निजी कम्पनी एनसेलसँग छलफल गर्दैछौं ।’ निरौलाले भने , ‘नेपाल आएर पदयात्रामा जाने पर्यटकको हातमा ससकेसम्म चाँडै सिमकाढर्ड दिने गरी काम अगाडि बढाउँछौं ।’
नेपाल आएर पदयात्रामा जाने पर्यटकले टिम्स कार्ड खरिद गर्नेपर्ने नियम छ । यस्तो कार्ड पर्यटन बोर्ड र ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएरन अफ नेपाल (टान)ले मात्र जारी गर्न पाउने अधिारर पाएका छन् । कार्ड किन्न भने पैसा लाग्छ । एकल पदयात्रामा जाने पर्यटकले यस्तो कार्डका लागि २० अमेरिकी डलर (करिब २ हजार रुपैयाँ) र समूहमा जानेलाई प्रतिकार्ड १० डलर (करिब १ हजार रुपैयाँ) तिनुपर्छ । एकल पदयात्रामा जान निरुत्साहित गर्न त्यस्तो कार्डको मूल्य दोब्बर गरिएको हो ।
टानका अनुसार सन् २०१२ मा एकल पदयात्रीतर्फ ४ सय ३८ तथा समूहतर्फ ८६ हजार ६ सय ९५ पर्यटकले टिम्स कार्ढ खरिद गरेका थिए । त्यसैगरी २०१३ मा एकल पदयात्रीतर्फ ४ सय २४ र समूहतर्फ ८७ हजार १ सय ९० पर्यटकले टिम्स कार्ड किनेका थिए । पर्यटन बोर्डले भने बार्षिक करिब ३० हजारहाराहारीमा एकल पदयात्रीलाई टिम्स कार्ड बेचिरहेको छ ।
सन् २०१२ अक्टोबरबाट दक्षिण एसियाली मुलुकका पर्यटकलाई टिम्सकार्ड अनिवार्य गरिएको थियो । त्यो वर्ष एकल पदयात्री एकजना र समूहतर्फ १ सय १३ जनाले कार्ड किनेका थिए । २०१३ मा एकलतर्फ १९ र समूहतर्फ १ हजार ८ सय ४१ ले किनेका थिए ।
पदयात्रामा जाने विदेशी पर्यटकका लागि २०६६ चैत तेस्रो साताबाट सरकारले टिम्स कार्ड अनिवार्य गरेको थियो । यस्तो कार्डबिना पर्यटक नेपालका कुनै पनि ट्रेकिङ रुटमा जान पाउँदैनन् । त्यसको दुई वर्षअघि भने पर्यटन बोर्ड र टानले नै यस्तो कार्ड निःशुल्क जारी गरेका थिए । त्यसबेला यसलाई ट्रेकिङ रजिस्ट्रेशन सर्टिफिकेट (टीआरसी) भनिएको थियो । यसबाट उठ्ने रकम समग्र ट्रेकिङ क्षेत्रको विकास र प्रवद्र्धनमा खर्च गरिने लक्ष्य छ । पदयात्रालाई मर्यादित र व्यवस्थित बनाउन टिम्स कार्डले महत्वपूर्ण सहयोग पुगिरहेको ती संस्थाको दावी छ ।
यसबाट उठेको रकमको एक हिस्सा पर्यटन बोर्डले टिम्स कार्ढको होलोग्राम छपाई, जारी गर्ने काउन्टर व्यवस्थापन, ट्रेकिङ व्यवसाय बजारीकरण, प्रचारप्रसार र प्रवद्र्धनमा खर्च गरिरहेको छ । कार्डबाट उठ्ने रकमको अर्को हिस्सा टानले ट्रेकिङ रुट र गन्तव्य प्रवद्र्धन, ट्रेकिङ मजदुरको उद्दार, क्षतिपूर्ति र औषधी उपचार लगायतमा खर्च गर्नेछ । कार्ड पाइने टानका ३ सय ६५ दिन र बोर्डका काउन्टर बिदाका दिनबाहेक अरु दिन खुला हुन्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु