अब र्स्वर्गद्वारी र पाथिभरामा पनि केबलकार

२०७० चैत्र १५ गते, शनिबार


काठमाडौँ । मनकामना केबलकारबाहेक अब देशका थप तीन स्थानका केबलकार सेवा विस्तार गर्ने तयारी भएको छ । हाल गोरखाको मनकामनामा मात्र सञ्चालन हुँदै आएको केबलकार सेवा पोखरा, ताप्लेजुङको पाथिभरा र प्यूठानको र्स्वर्गद्वारीमा विस्तार गर्ने तयारी थालिएको हो । तीनैवटा स्थानमा केबलकार सेवा विस्तारका लागि स्थलगत र्सभेक्षण सम्पन्न भइसकेको छ । हाल चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म केबलकार सञ्चालन गरिरहेको लक्ष्मी गु्रपले नै नयाँ स्थानमा केबलकार विस्तारका लागि आवश्यक तयारी थालेको हो ।
वैदेशिक सहयोगको अपेक्षासहित केबलकार विस्तारका लागि सम्भाव्यता अध्ययन पूरा गरिएको हो । सम्भाव्यता अध्ययन र र्सर्भे पूरा गरेपछि तीनवटै स्थानमा केबलकार निर्माणका लागि प्रस्ताव आव्हान समेत गरिएको छ । पोखराका लागि प्राविधिक प्रस्तावनासमेत परिसकेको छ । केबलकार निर्माणका लागि पान्सको पोमागालस्की सस कम्पनीले प्राविधिक प्रस्तावना पनि हालिसकेको छ । पोखरामा केबल करिब साढे एक किलोमिटर लामो रुटको केबलकार निर्माणका लागि एक अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ । पोखरा बजारबाट विश्व शान्ति स्तुपासम्म केबलकार चलाउने प्रस्ताव गरिएको हो ।
बाह्रै महिना आन्तरिक तथा बाहृय पर्यटकको भीड लाग्ने पोखरामा हाल प्याराग्लाइडिङ र अल्ट्रालाइट जहाजले पर्यटक तानिरहेका बेला केबलकार पनि थपिने भएको हो । केबलकारबाट पोखराका तालको रमणीय दृश्य, हिमाल र हरिया फाँटहरुको अवलोकन गर्नसकिने बताइएको छ । मध्यपश्चिमको चर्चित धार्मिकस्थल र्स्वर्गद्वारीमा पनि केबलकार सञ्चालनमा ल्याउन प्रस्ताव गरिएको छ । करिब साढे तीन किलोमिटर लम्बाईको केबलकार निर्माणका लागि करिब १ अर्बरुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।
लक्ष्मी गु्रपको अगुवाइमा केबलकार निर्माणको पहल भइरहेको हो । र्स्वर्गद्वारीमा केबलकार निर्माणका लागि फिल्र्डर्सभ सम्पन्न भइसकेको छ । र्स्वर्गद्वारी हिन्दू धर्मावलम्बीहरुको प्रमुख आस्थाको केन्द्र हो । यहाँ पनि केबलकार निर्माणका लागि लक्ष्मी गु्रपले दातृ सहयोगको अपेक्षा गर्दै केबलकार निर्माण हुनसकेमा धार्मिक पर्यटनले मध्यपश्चिमकै विकासमा मद्दत गर्ने दाबी गरेको छ ।
देशकै चर्चित शक्तिपीठ मध्ये एक पूवको ताप्लेजुङस्थित पाथिभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण गर्नपनि योजना बनाइएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट करिब साढे दुइ किलोमिटर लामो केबलकार निर्माणका लागि लक्ष्मी गु्रपले फिल्ड र्सर्भे तथा अनुसन्धान पूरा गरेको छ । पाथिभरा देवीको पूजा गर्न वर्षौभरि हजारौं तर्ीथयात्री पुग्ने गरेका छन् । केबलकार सेवा विस्तार गर्नसके पर्यटकहरु फुङलिङसम्म बस तथा प्लेनबाट र त्यहाँबाट केबलकारबाटै सजिलै पाथिभरा पुग्न सक्छन् ।
पाथिभरामा केबलकार निर्माणको प्रारम्भिक अनुमानित लागत एक अर्ब रहेको छ । समुद्रि सतहबाट करिब ३७ सय मिटर उचाइमा रहेको पाथिभरा पुग्न कठिन उकालो पैदलयात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु