पर्यटन

मत्स्येन्द्रनाथको महास्नान गरिदै

काठमाडौ, ३ बैशाख । वृष्टि, खेती र खाद्यान्नका देवता मानिने रातो मत्स्येन्द्रनाथको महास्नान -न्हवँ) बुधबार साँझ लगनखेलको न्हवँदबुमा हुँदै छ । मत्स्येन्द्रनाथका ज्योतिषी कीर्तिकिरण जोशीले महास्नानको शुभसाइत बिहान १०:२९ देखि १०:३२ सम्म भएको, त्यहीअनुसार तःबहालमा काम अगाडि बढ्ने बताए । महास्नानका लागि तयारी पूरा भएको गुठी संस्थान ललितपुर कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले बताए । साइतको […]

२०७१ बैशाख ३ गते, बुधबार

सगरमाथाको आम्दानी साढे ३१ करोड

काठमाडौं, २ वैशाख। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने स्वदेशी तथा विदेशी दलबाट यसपाली बसन्त ऋतुमा सरकारले साढे ३१ करोड रुपैयाँ आम्दानी गरेको छ । नयाँ वर्ष सुरुवातको दिनसम्म संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलबाट ३२ लाख ५० हजार अमेरिकी डलर (३१ करोड ३९ लाख १७ हजार […]

२०७१ बैशाख २ गते, मंगलवार

लालीगुराँस महोत्सव सुरु

काठमाडौँ , ३० चैत । बागलुङको पर्यटकीय सम्भावनाको क्षेत्र घुम्टेको लेकमा आजदेखि प्रथम घुम्टे लालीगुराँस महोत्सव सुरु भएको छ । पर्यटन प्रवद्र्धनसँगै राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा भएको महोत्सव आज र भोलि गरी दुई दिनसम्म चल्नेछ । गुराँस फुल्ने याममा […]

२०७० चैत्र ३० गते, आईतवार

भोलि चम्पादेवी मेला

काठमाडौं,३० चैत । काठमाडौं दक्षिणभेगस्थित चम्पादेवी डाँडामा आगामी वैशाख १ गते चम्पादेवी मेला लाग्ने भएको छ ।काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुरका विभिन्न भूभागका साथै विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्न सकिने दुई हजार २५० मिटर उचाइको चम्पादेवीबाट मकालु लाक्पादोर्जे, गौरी शङ्करलगायतका हिम श्रृङखलाहरू अवलोकन गर्न सकिन्छ । मेलाप्रतिको बढ्दो आकर्षणसँगै पछिल्ला वर्षमा आएर चम्पादेवी क्षेत्र सुधार तथा […]

२०७० चैत्र ३० गते, आईतवार

मनमोहक पञ्चासे, जहाँ चराले फाल्छ तालको पात

काठमाडौँ । पर्वत, कास्की र स्याङ्जाको संगमस्थल पञ्चासे डाँडा सुन्दर र मनमोहक पर्यटकीय गन्तव्य हो । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै तत्व छन् । सुन्दर पर्यटकीय सहर पोखराबाट झण्डै ३८ किलोमिटरको मोटरबाटोबाट पर्वतको डिमुवा पुगेपछि फेरि कच्ची बाटोमा झण्डै एक घण्टाको जीप यात्रा गरेर पर्वतकै चित्रे गाविसमा पर्ने खोलापारी गाउँ पुगिन्छ । खोलापारीबाट तीन घण्टा पैदल […]

२०७० चैत्र २९ गते, शनिबार

चतरामा नेपालकै ठूलो र अग्लो हनुमान मूर्ति !

काठमाडौं ,२८ चैत। सुनसरीको बराहक्षेत्र गाविसको धार्मिक तीर्थस्थल प्राचीन हरिद्वार चतरास्थित कोशिकी तटको जगत्गुरु श्रीरामानन्दाचार्य सेवापीठ क्षेत्रमा नेपालकै सबैभन्दा अग्लो तथा ठूलो हनुमान मूर्ति स्थापना गरिएको छ । प्राचीन हरिद्वार कुम्भ क्षेत्रका लागि पौराणिक देवदेवी र कुम्भस्तम्भ तथा कुण्डहरुको निर्माणका क्रममा हुनमानको मूर्ति स्थापना गरिएको हो । भारतको हरिद्वार परिदा आट्र्स केन्द्रका कलाकार श्रीफकिरचन्द्र परिदाले […]

२०७० चैत्र २८ गते, शुक्रबार

आजदेखि विस्केटजात्रा

काठमाडौं ,२७ चैत। भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्केट जात्रा आज बिहान पाँच बजे भैरवको पूजा गरि सुरु भएको छ ।नयाँवर्षको चार दिन अगाडि सुरु भई बैशाखको ५ गतेसम्म सञ्चालन हुने जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । पहिलो दिन भैरव र भद्रकालीको पूजा गरेपछि अपरान्हदेखि भैरवनाथ […]

२०७० चैत्र २७ गते, बिहीबार

बिस्केट जात्राको तयारी पूरा

काठमाडौ, २६चैत ।भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने प्रसिद्ध बिस्केट जात्राको सबै तयारी पूरा भएको छ । चैत २७ देखि बैशाख ५ गतेसम्म मनाइने जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माण लगायतका सबै काम सकिएको जात्रा सञ्चालक गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिए । जात्रा सञ्चालनका लागि जात्रा व्यबस्थापन समिति गठन र बिभिन्न […]

२०७० चैत्र २६ गते, बुधबार

पोखरामा अन्तराष्ट्रिय विमान स्थल बन्ने

काठमाडौं,२५ चैत । लामो समय देखि बन्न नसकेको पोखराको छिनेडाडामा रहेको अन्तराष्ट्रिय विमान स्थल बन्ने भएको छ । नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले आज पोखरा अन्तराष्ट्रीय बिमानस्थल निर्माण गर्न पछिल्लो संसोधित रकम २१६ मिलियन डलरमा चिनिया कम्पनी CAMCE लाई दिने निर्णय गरेको छ । निर्णयसंगै पोखरामा विमान स्थल बन्ने पक्का भएको हो ।करिब ४० […]

२०७० चैत्र २५ गते, मंगलवार

लालीगुराँस महोत्वस हुँदै

काठमाडौँ । बागलुङ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थल घुम्टेको लेकमा यही चैत ३० र वैशाख १ गते लालीगुराँस महोत्सव हुने भएको छ । पर्यटन प्रवर्द्धनसँगै राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । […]

२०७० चैत्र २४ गते, सोमबार