चारदिने साइकल यात्रा

२०७० चैत्र २३ गते, आईतवार


काठमाडौँ, २३ चैत । भगवान् बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा महापरिनिर्माणको त्रिसंयोग परेको दिनको अवसर पारेर टुर डे लुम्बिनी नामक संस्थाले काठमाडौँबाट बुद्धको जन्मस्थल लुम्बिनीसम्म चारदिने बृहत साइकल यात्रा गर्ने भएको छ ।महाअभियान–राष्ट्र पहिलो, स्वाभिमान नेपाल भन्ने मूल नाराका साथ आयोजना हुने टुर डे लुम्बिनी साइकल ¥यालीको नेतृत्व विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा हुनेछ ।बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मूल सन्देश फैलाउने उद्देश्यले गरिने सो ¥यालीले बौद्ध, काठमाडौँको दरबारस्क्वायर, स्वयम्भू तथा लुम्बिनी गरी पाँच वटा विश्व सम्पदास्थलको भ्रमण गरिनेछ । सो भ्रमणमा अधिकतम १०८ जना सहभागी गराइने आयोजकले बताएको छ ।मे ११ मा बौद्ध, पशुपतिनाथ, दरबारस्क्वायर, स्वयम्भू हुँदै कुरिन्टारमा बास बस्ने, दोस्रो दिन मे १२ मा दुम्किबास हुँदै अरुणखोलामा रात बिताउने, तेस्रो दिन मे १३ मा सिद्धार्थनगर भैरहवामा बास बसेर मे १४ मा लुम्बिनीमा पुगेर शान्तिको प्रतीक मैनबत्ती प्रज्ज्वलन, बौद्धधर्मावलम्बीको पवित्र स्थलहरुको भ्रमण गर्ने कार्यक्रम छ ।
कार्यक्रममा म्यागासेसे पुरस्कार विजेता एवम् सामाजिक उद्यमी महावीर पुनले भगवान् बुद्धको सन्देश आजको युगमा पनि महत्वपूर्ण रहेकाले यसको अनुशरण गर्न सकेमा देशमा शान्ति आउने बताए ।
अष्ट्रेलियाका अम्बे्रला फाउन्डेसनका प्रमुख लिन्डा हारवुडले बुद्धको जन्मस्थलको विषयमा कुनै विवाद नभएको बताउँदै बुद्धको जन्मस्थलमा आएर टुर डे लुम्बिनीमा सहभागी हुने अवसर पाएकामा आफू भाग्यमानी भएको धारणा राखे ।
लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले आयोजकहरुले लुम्बिनी महाअभियान साहसपूर्वक सुरु गरेकामा खुसी प्रकट गर्दै यसले लुम्बिनीको विकास, प्रवद्र्धन गर्न मद्दत मिलेको बताए ।
मुख्य सचिव लीलामणि पौडेलले बौद्धधर्म जीवनको मार्गदर्शन सिद्धान्त भएको चर्चा गर्दै आफू यसबाट निकै प्रभावित भएको बताए ।
उनले विश्व शान्ति प्रवद्र्धनका लागि पनि लुम्बिनीको विकास तथा प्रवद्र्धन हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रियाहरु