फेवा महोत्सव चैत २८ देखि

२०७० चैत्र २२ गते, शनिबार

काठमाडौँ । नयाँ वर्ष२०७१ उत्सवका रुपमा मनाउन पोखरेली पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलाई आमन्त्रण गर्दै रमणीय फेवाताल किनारमा महोसत्व गर्ने भएका छन् । पर्यटन, संस्कृति र खाना महोत्सवको नाम दिइएको महोत्सव चैत २८ देखि वैशाख २ गतेसम्म फेवाताल किनार पोखरा वसुन्धरा पार्कमा हुनेछ । माछापुच्छे्र, अन्नपूण् हिमशृंखला र तालतलैयाले प्राकृतिक रुपमै रमणीय बनाएको पोखरा उपत्यकामा अवस्थित फेवाताल किनारमा एघाराँै फेवा नयाँ वर्षमहोत्सव आयोजना गर्न लागिएको हो । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष हरि शर्माले पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवाताल किनारमा महोत्सव गर्न लागिएको बताए । ‘महोत्सवमा आन्तरिक पाहुनालाई आवासमा १५ प्रतिशत छुटको व्यवस्था छ, खानपान घुमघाममा पनि छुटको लागि गम्भीर ढङ्गले सरोकारवालासँग छलफल भइरहेको छ,’ अध्यक्ष शर्माले बताए । खानपानका विभिन्न कक्ष, परम्परागत एवं आधुनिक गीतसङ्गीत र सांस्कृति कार्यक्रम, हेलिकप्टरबाट पोखरा अवलोकन तथा मनोरञ्जनात्मक कार्यक्रम महोत्सव अवधिभर सञ्चालन गरिने महोत्सव संयोजक भरतराज पराजुलीले बताए । नेपालका मुख्य सहरहरूमा अंग्रेजी नयाँ वर्षधुमधामका साथ मनाउने गरिएकोमा दिगो पर्यटन विकासका लागि नयाँ पुस्तालाई नेपाली नयाँ वर्षत्सवका रुपमा मनाउने संस्कृतिको विकास गर्न संघले विगत ११ वर्षेखि यो कार्यक्रम गर्दै आएको हो । केही वर्षताका नयाँ वर्षो महोत्सवमा पोखरामा आन्तरिक पर्यटकको भिडनै लाग्ने गरेको छ । यहाँका ठूला साना होटलहरू आन्तरिक पर्यटकले खचाखच हुने गरेको व्यवसायीको भनाइ छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम चलाएपछि एक दशकअघि आन्तरिक पर्यटकले दुइ प्रतिशत हिस्सा ओगटेकोमा अहिले बढेर ३० प्रतिशत पुगेको व्यवसायीको दाबी छ । सो क्रममा पोखराका पर्यटन व्यवसायीले आन्तरिक पर्यटकका लागि ‘जाउँ है पोखरा’, भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ भन्ने नारासहित प्याराग्लाइडिङ, चङगा, रोपाइँसहितका विविध महोत्सव गर्दै आएका छन् । ‘पोखरामा आन्तरिक पर्यटकको आगमन दर भविष्यमा ५० प्रतिशत पुर्याउने लक्ष्य छ,’ संघका निवर्तमान अध्यक्ष विप्लव पौडेलले बताए । नेपाल र भारतबाहेक अन्य मुलुकका लागि पोखरा ‘प्योर एन्ड पर्फक्ट’ अभियान चलाइएको छ । पोखरामा बर्से लाखौँ स्वदेशी एवं विदेशी पर्यटक पुग्ने गर्छन् । काठमाडौँबाट २०० किलोमिटर पश्चिममा अवस्थित पोखरामा फेवा, रुपा बेगनाससहित सात ताल, महेन्द्र, चमेरे, गुप्तेश्वरलगायतका गुफा, तालबाराही, विन्ध्यवासिनीलगायतका मन्दिर र शान्ति स्तुपसहितका गुम्बा यस क्षेत्रका दर्शनीय स्थल हुन् । गहिरो खोच बनाएर बगेको सेती नदी, पुरानो नेवार बस्तीसहितको बजार, पातले छाँगा र अन्तर्रराट्रय पर्वतीय संग्रहालयले पोखरा पुग्ने पर्यटकलाई घुम्ने ठाउँको अभाव हुन दिँदैन । धौलागिरि, अन्नपूण्, माछापुच्छे्रलगायतका मनोरम हिमशृंखलाले घेरिएको उपत्यकामा प्याराग्लाइडिङ, अल्ट्रालाइट, पदयात्रासहित साहसिक गतिविधिका कारणले पनि पोखरा विश्वकै पर्यटकका लागि लोभलाग्दो ठाउँको रुपमा रहेको संघका निवर्तमान अध्यक्ष विप्लव पौडेलको भनाइ छ । महोत्सवमा खानाका करिब डेढ दर्जन तथा पर्यटन, कृषि, संस्कृति एवं व्यापारिक कक्षहरू रहनेछन् । महोत्सवबाट रु. ४१ लाख आम्दानी र रु ३९ लाख खर्च हुने तथा रु. दुइ लाख बचत हुने आयोजकको अनुमान छ । महोत्सव अवधिमा खानपान, आवाससहित घुमघामाका लागि प्रतिव्यक्ति रु दुइ हजार ७७७ देखि रु २७ हजार ७७७, प्याराग्लाइडिङ तथा अल्ट्रा लाइटमा रु. १६ हजार ७७७ देखि रु. ४१ हजार ७७७ तथा नवविवाहित जोडीका लागि रु. तीन हजार ५५५ देखि रु. २५ हजार ५५५ को प्याकेज कार्यक्रमको व्यवस्था व्यवसायीले गरेका छन् । शैक्षिक भ्रमणमा भने प्रतिव्यक्ति रु. एक हजार ६६६ देखि रु. २६ हजार ६६६ को प्याकेज कार्यक्रम छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु