पर्यटन

निर्धक्क भएर नेपाल भ्रमण गरौं : जुन्को ताबेई

काठमाडौं, ६ असोज । प्रथम महिला सगरमाथा आरोही जुन्को ताबेईले भूकम्पले नेपालको पर्यटकीय क्षेत्रमा खासै असर नगरेको भन्दै निर्धक्क भएर नेपाल भ्रमण गर्न विश्वभरका पर्यटकलाई आग्रह गरेकी छिन । सगरमाथा आरोहण गरेको ४० वर्ष पुगेको अवसरमा केही दिन अघि काठमाडौं आएकी ताबेईले जापान फर्कनु अघि हामीसँग कुरा गर्दै आफूले नेपालका विभिन्न पर्यटकीय स्थल र सोलुखुम्बुको […]

२०७२ आश्विन ६ गते, बुधबार

आज गैंडा दिवस

काठमाडौं, ५ असोज । आज गैंडा दिवस ,विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका सन्दर्भमा ठूलो कार्यक्रम गर्नुभन्दा पनि संरक्षण कसरी प्रभावकारी गराउन सकिन्छ भन्ने विषयमा ध्यान दिएको चितवन निकुञ्जले बताएको छ । सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६४५ गैंडा रहेको तथ्याङ्क छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०२ गैंडा भेटिएका छन् । […]

२०७२ आश्विन ५ गते, मंगलवार

मस्त्येन्द्रनाथको रथयात्रा आजदेखि

काठमाडौं, ५ असोज । सहकालका देवता रातो मस्त्येन्द्रनाथको गत वैशाख १२ गते आएको भूकम्पका कारण लामो समयधेखी रोकिएको १२ वर्षे मेलाको रथयात्रा आज देखि सुरु हुँदैछ । यसै क्रममा ज्योतिषले जुराएको साइतअनुसार सोमबार विधिपूर्वक रथारोहण गराइएको थियो । गत वैशाख ९ मा तानिएको रथ ललितपुरकोभैंसेपाटी, नख्खुलगायतका स्थानमा रोकि १२ गते पुल्चोक पुर्‍याउने तयारी छ । […]

२०७२ आश्विन ५ गते, मंगलवार

कागेश्वरीमा भक्तजनको भीड

काठमाडौँ, ४ असोज । कागको छुवाइ र बिष्टयाइँबाट हुने अनिष्टबाट बच्नका लागि काठमाडौँको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वर महादेव मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको छ । शिवपुरी नागार्जुन राष्टिय निकुञ्जको जङ्गलमा कागेश्वरी खोलाको किनारमा रहेको कागेश्वर महादेवको मन्दिरमा गई भाद्र शुक्ल अष्टमीका दिनमा पूजाआजा गरी हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट […]

२०७२ आश्विन ४ गते, सोमबार

मछिन्द्रनाथको पुन रथारोहण हुदै

काठमाडौं ,४ असोज । आज रातो मछिन्द्रनाथलाई पुःन दोस्रो पटक रथारोहण गराईँदैछ । गत वैशाखमा गएको भूकम्पका कारण हालसम्म स्थगित रहेको यसबर्षको बाह्रवर्षे जात्राका लागि मछिन्द्रनाथलाई पुःन दोस्रो पटक रथारोहण गराईँन लागेको हो । दोस्रो पटक रथारोहण गर्ने प्रचलन नभएपनि भूकम्पका कारण निर्माण गरिएको रथमा क्षति भएकाले रथको पुनःनिर्माण गरी भोलि रथारोहण गर्ने तगारी रहेको […]

२०७२ आश्विन ४ गते, सोमबार

राजकुमार फ्रेडरिक लमजुङमा

काठमाडौं, १ असोज । डेनमार्कका राजकुमार फ्रेडरिक लमजुङ पुगेका छन । डेनिस रेडक्रसको निमन्त्रणामा चार दिने नेपाल भ्रमणका लागि नेपाल आएका राजकुमार फ्रेडरिकले लमजुङमा चलेको परियोजना र भूकम्प पीडितको अवस्था अवलोकन गर्ने कार्यक्रम छ । उनि काठमाडौंबाट स्थलमार्ग हुँदै लमजुङ सदरमुकाम बेसीशहर पुगेका हुन् । उनि पर्सि बेसीशहरबाट काठमाण्डू हुँदै डेनमार्क फर्कने कार्यक्रम छ । […]

२०७२ आश्विन १ गते, शुक्रबार

आज बुन्ढुनी पर्ब

काठमाडौं, १ असोज । प्रत्येक वर्ष असोज संक्रान्तिका दिनमा मनाइने बुन्ढुनी अर्थात बुढी पोल्ने पर्व सुदुरपश्चिम लगायत देशका बिभिन्न भागमा धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन, राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवका रुपमा बुढी पोल्ने पर्व मनाउने गरिन्छ । आज यो पर्बको अवसरमा डडेल्धुराको पोखरा बजारमा बिभिन्न सास्कृतिक कार्यक्रमको आयोजना हुने […]

२०७२ आश्विन १ गते, शुक्रबार

कालीगण्डकीमा र्याफ्टिङ शुरु

काठमाडौं, ३१ भदौ । कालीगण्डकी नदीमा र्याफ्टिङ शुरु भएको छ । जलयात्राको आकर्षक गन्तव्य मानिने कालीगण्डकीमा पानी पर्न रोकिएकाले हिजोदेखि र्याफटिङ्ग शुरु भएको छ । साधारणतया सेप्टेम्बरको तेस्रो हप्तादेखि कालीगण्डकीमा जलयात्रा शुरु हुने गर्दछ । भूकम्पपछि कम पर्यटक आएपनि कालीगण्डकीमा र्याफटिङ्ग सुरु भएपछि पर्यटक आउन थालेका छन् । र्याफटिङ्गको लागि पर्यटकले धमाधम बुकिङ्ग सुरु गरेका […]

२०७२ भाद्र ३१ गते, बिहीबार

पर्यटक बढाउँन कलाकारको सहयोग

काठमाडौं, ३० भदौ । नेप्लीज फेस्टीवल, कोरियन अब्बे रोड कम्पनी र श्रुति संगीत विद्यालयको कलाकारको टोलीले कोरिया, जापान र थाइल्याण्डमा भूकम्पपछि पनि नेपाल सुरक्षित छ भन्ने सन्देशसहित साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । ‘नेपाललाई बचाऔँ, नेपाल भ्रमण गरौँ, नेपाल अझै सुन्दर छ, कृपया अर्को विदामा नेपाल जाऔँ’ भन्ने उनीहरुको नारा छ । सेप्टेम्बर २५ देखि […]

२०७२ भाद्र ३० गते, बुधबार

सुकेटार विमानस्थल सुचारु हुन अझै केही महिना लाग्ने

काठमाडौ २८ भदौ । ताप्लेजुङको सुकेटार विमानस्थल सम्झौता अनुसार समयमै काम सम्पन्न नहुंदा सुचारु हुन अझै केही महिना लाग्ने भएको छ । जिल्लाको एक मात्र सुकेटार विमानस्थलको निर्माण कार्य गत चैत्र मसान्त भित्रै सम्पन्न गर्ने गरि निर्माण पक्ष संग सम्झौता भए पनि हाल सम्म ७० प्रतिसत मात्रै काम सम्पन्न भएको हो । गौरी पार्वती साप […]

२०७२ भाद्र २८ गते, सोमबार