मस्त्येन्द्रनाथको रथयात्रा आजदेखि

२०७२ आश्विन ५ गते, मंगलवार

काठमाडौं, ५ असोज । सहकालका देवता रातो मस्त्येन्द्रनाथको गत वैशाख १२ गते आएको भूकम्पका कारण लामो समयधेखी रोकिएको १२ वर्षे मेलाको रथयात्रा आज देखि सुरु हुँदैछ । यसै क्रममा ज्योतिषले जुराएको साइतअनुसार सोमबार विधिपूर्वक रथारोहण गराइएको थियो । गत वैशाख ९ मा तानिएको रथ ललितपुरकोभैंसेपाटी, नख्खुलगायतका स्थानमा रोकि १२ गते पुल्चोक पुर्‍याउने तयारी छ ।
बुङ्मतीस्थित छ्यासीकोट पुग्दा रथ पश्चिमपट्टि ढल्किएर तान्नै नसक्ने अवस्थामा पुगेको थियो । करिब ३० लाख रुपैयाँको लागतमा रथ पुनर्निर्माण गरिएको छ ।
रथ यात्राका क्रममा ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको राजखड्गलाई झल्लरवाल छत्रले ओढाई राजकीय सम्मानका साथ त्यहाँ पुर्‍याइन्छ ।
रथ हरेक १२ वर्षमा बुङ्मतीबाट नख्खु खोला तर्ने र १२ वर्षमा एक पटक कर्कट नागराजको नागिनीसँग मिलन हुने किंवदन्ती छ । सोहीअनुसार नख्खु खोलामा ठूलो मेला लाग्छ ।
त्यसपछि पाटनभित्र परिक्रमा गराई जावलाखेल पुर्‍याइ चार दिनपछि राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थान तःबहालका प्रमुखले भोटो देखाउने चलन छ ।
दसैंको फूलपातीसम्ममा जसरी पनि रथ यात्रा समापन गरेर बुङ्मती पुर्‍याउनुपर्ने चलन छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु