पर्यटन

झारल सिकारको नौ लाख

काठमाडौं, २६ भदौ । ढोरपाटन सिकार आरक्षमा सिकारको राजस्व बढेको छ । गत वर्षको तुलनामा यो वर्ष झारल सिकारमा तीन लाख रुपैयाँ राजस्व बढेको हो । विदेशी सिकारीले यो वर्षको पहिलो सिकार याममा नौ लाख ३१ हजार रुपैयाँ तिरेर एउटा झारलको सिकार गर्नेछन् । आरक्षमा झारल सिकार विदशी सिकारीको पहिलो रोजाइमा पर्ने गरेको छ । […]

२०७२ भाद्र २६ गते, शनिबार

म्याग्दीमा जोगी नाच

काठमाडौं, २५ भदौ । म्याग्दीका नेवार समुदायहरुले दुईसय वर्ष पुरानो लोपोन्मुख जोगी नाच प्रस्तुत गरेका छन् । नेवार समुदायको संस्कृति वर्षेनाच अन्तर्गत उनीहरुले जोगीकै भेषमा जोगी नाच देखाएका हुन् । जोगी, महादेव, पार्वती र सप्तऋषिको भेषमा सजिएका झण्डै एकसय कलाकारहरुले बजारका विभिन्न घरघरमा पुगी आर्शिवाद र भिक्षा लिएका छन् । यहाँका सबै समुदायका युवा पुस्ताले […]

२०७२ भाद्र २५ गते, शुक्रबार

नाट्टा सम्मेलन हुदै

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल सुरक्षित रहेकोबारे जानकारी गराउन चिनियाँ कलाकार मिङ याङ जियाङसहित २० देशका पत्रकारलाई नेपालको भ्रमण गराउने भएको छ । नाट्टाको आगामी असोज १० गते काठमाडौंमा हुने २०औं अधिवेशन पनि पर्यटनको प्रबद्र्धनमा केन्द्रित हुने जनाएको छ । नाट्टाले राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डीबी लिम्बुले अधिवेशनमा […]

२०७२ भाद्र २३ गते, बुधबार

तानसेनमा सिन्दुर जात्रा मनाईदै

काठमाडौं ,२० भदौ । पाल्पाको तानसेनमा आज सिन्दुर जात्रा मनाईदै छ । अंग्रेजसंगको युद्धमा नेपालले जितेको दिनको सम्झनामा कृष्ण जमाष्टमीको भोलिपल्ट पाल्पाको तानसेनमा विजय उत्सब स्वरुप श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर जात्रा मनाउने गरिन्छ । नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले मनाउन शुरु गरेको जात्रा हरेक बर्ष मनाइदै आइएको छ । युद्धमा […]

२०७२ भाद्र २० गते, आईतवार

निलबाराही नाच सम्पन्न

काठमाण्डौ, १८ भदौ । भाद्र द्वितीयादेखि पञ्चमीसम्म भक्तपुरको मध्यपुर थिमिस्थित बोडेमा मनाइने १९ देवगण सहितको प्रसिद्ध नीलबाराही नाच गएराती सकिएको छ । भैरव १, बाराही ४, कुमारी ४, सिंह ४, द्वारपाल २ र गणेश ४ देवगण रहने यो नाच गएराती सम्पन्न भएको स्थानीय दीलकृष्ण प्रजापतीले जानकारी दिनुभयो । तान्त्रिक बिधि अनुसार थिमिको बोडेमा तीन दिन, […]

२०७२ भाद्र १८ गते, शुक्रबार

निलबाराही नाच सकिदै

काठमाडौं, १७ भदौ । गाईजात्राको पर्सिपल्टबाट सुरु भएको निलबाराही नाच आज सकिदैछ । बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रा पछिको ठूलो ऐतिहासिक महत्व राख्ने जात्राको रुपमा निलबाराही नाचलाई लिने गरिन्छ । यस नाचमा भैरव एक, निलबाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल क्षेत्रपाल दुई र गणेश चार गरी १९ जना देवगणहरुले नाच्ने गर्दछन् । […]

२०७२ भाद्र १७ गते, बिहीबार

४५ वर्षपछि लाय्कू भैरव नाच

काठमाडाैँ, १५ भदाै । मल्लकालभन्दा अघिदेखि सञ्चालन भएर रोकिएको मध्यपुरथिमिमा नचाइने लाय्कू भैरव नाच ४५ वर्षपछि फेरि सुरु भएको छ । विगत तीन वर्षदेखिको स्थानीय युवाको प्रयास, अध्ययन र अनुसन्धानपछि गएरातिदेखि नाचको मञ्चन सुरु गरिएको हो । यस नाचको तान्त्रिक पक्ष पत्ता लगाउन ती युवाले अध्ययन गरेका थिए । गाईजात्राको भोलिपल्टको राति अर्थात् गएराति ८ […]

२०७२ भाद्र १५ गते, मंगलवार

विपद् व्यवस्थापनका लागि पोखरी र पार्क

काठमाडौं, १५ भदौ । सरकारले जलवायु परिवर्तन अनुकुल बनाउँदै विपद् व्यवस्थापनका लागि कोसी र गण्डकी जलाधार क्षेत्रमा पोखरी र पार्क निर्माण कार्य तीव्र बनाएको छ। बेलायती विकास नियोग (डीएफआईडी) को सहयोगमा सरकारले वृक्षरोपण, बायोग्यासहितको सार्वजनिक शौचालय, गरिबका घरमा चर्पी, पार्क र पोखरी संरक्षण, नयाँ नर्सरी, भू-क्षय नियन्त्रण, गरिबलाई सुधारिएको चुलो, प्लास्टिक निषेधका लागि वैकल्पिक झोला, […]

२०७२ भाद्र १५ गते, मंगलवार

गोसाइँकुण्ड जलयात्रा सुरु

काठमाडौं , १३ भदौ । गोसाइँकुण्ड जलयात्रा सुरु भएको छ । ‘सबै जातजाति, भाषाभाषीको सद्भाव र एकता अटल रहोस्’ भन्ने कामनासहित सो जलयात्रा सुरु भएको हो । देशमा दिगो शान्तिको कामना गर्दै २०६३ सालमा साइकल यात्रा सुरु गरेका पर्सा जिल्ला ठोरी गाविस–७ निवासी ४० वर्षीय बुद्धिबहादुर गुरुङले पछिल्लो चरणमा जलयात्रा सुरु गरेका हुन् । जनैपूर्णिमाको […]

२०७२ भाद्र १३ गते, आईतवार

गोसाइँकुण्डमा मेला भर्नेको भीड

काठमाडाैँ, १२ भदाै । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–११ स्थित गोसाइँकुण्डमा आज बिहानदेखि जनैपूर्णिमा मेला लागेको छ । सो मेलामा रक्षाबन्धन गर्ने भक्तजन र तागाधारीले जनै फेर्न भीड लागेको हो । वर्षौंदेखि जैनपूर्णिमाका दिन मेला लाग्दै आएको सो स्थानमा भगवान् शिवले एकरात बिताएको र त्यहाँ गएर दर्शन तथा पूजाआजा गर्नाले मोक्ष प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको […]

२०७२ भाद्र १२ गते, शनिबार