सुकेटार विमानस्थल सुचारु हुन अझै केही महिना लाग्ने

२०७२ भाद्र २८ गते, सोमबार

काठमाडौ २८ भदौ । ताप्लेजुङको सुकेटार विमानस्थल सम्झौता अनुसार समयमै काम सम्पन्न नहुंदा सुचारु हुन अझै केही महिना लाग्ने भएको छ । जिल्लाको एक मात्र सुकेटार विमानस्थलको निर्माण कार्य गत चैत्र मसान्त भित्रै सम्पन्न गर्ने गरि निर्माण पक्ष संग सम्झौता भए पनि हाल सम्म ७० प्रतिसत मात्रै काम सम्पन्न भएको हो ।
गौरी पार्वती साप याक्थुङहाङ निर्माण सेवा जेभीले ७ करोड ५० लाखमा विमानस्थल कालो पत्रे गर्ने जिम्मा लिएको थियो । वर्षा र पहिरोका कारण बाटो बन्द हुंदा समयमै काम सम्पन्न हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।
विमानस्थलमा निर्माण हुनु पर्ने ७ सय ५० मिटर धावन मार्ग मध्ये अझै २ सय ५० मिटर कालोपत्रे गर्न बाँकी छ । विमानस्थल कालोपत्रे गर्ने क्रममा उडान ठप्प भए पछि यहां पर्यटकको संख्यामा समेत कमी आएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु