पर्यटक बढाउँन कलाकारको सहयोग

२०७२ भाद्र ३० गते, बुधबार

काठमाडौं, ३० भदौ । नेप्लीज फेस्टीवल, कोरियन अब्बे रोड कम्पनी र श्रुति संगीत विद्यालयको कलाकारको टोलीले कोरिया, जापान र थाइल्याण्डमा भूकम्पपछि पनि नेपाल सुरक्षित छ भन्ने सन्देशसहित साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । ‘नेपाललाई बचाऔँ, नेपाल भ्रमण गरौँ, नेपाल अझै सुन्दर छ, कृपया अर्को विदामा नेपाल जाऔँ’ भन्ने उनीहरुको नारा छ । सेप्टेम्बर २५ देखि अक्टोबर १५ सम्म हुने साँस्कृतिक कार्यक्रममा सम्बन्धित देशका नागरिकको पनि सहभागिता रहनेछ । कलाकारको टोलीमा सिन्धु मल्ल, नरहरी प्रेमी, युवा हाँस्य व्यंग्यकार राजा राजेन्द्र पोख्रेल, सन्तोष लामा, मिना लो, सुदन ढकाललगायत छन् ।
हाँस्यव्यंग्यकार राजा राजेन्द्र पोख्रेलले विदेशीलाई नेपाल सुरक्षित छ भन्ने सन्देश दिनु आफ्नो परीक्षा भएको बताएका छन् । अंग्रेजी विषयमा मास्टर गरेको प्रमाण रहेपनि नेपाल कला र संगीतको माध्यमले नेपाल घुम्न आउने सन्देश दिन राम्रै अभ्यास गर्नुपर्ने उनको भनाई छ ।
भूकम्पपछि नेपाल ध्वस्त भएको गलत सन्देश व्याप्त रहेकाले त्यो भ्रम चिर्नका लागि साँस्कृतिक कार्यक्रम गर्न लागेको संगीतकार नरहरी प्रेमीले बताएका छन् । साँस्कृतिक कार्यक्रमबाट उठेको रकम भूकम्प पीडितका लागि छुट्याउने आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु