राजकुमार फ्रेडरिक लमजुङमा

२०७२ आश्विन १ गते, शुक्रबार

काठमाडौं, १ असोज । डेनमार्कका राजकुमार फ्रेडरिक लमजुङ पुगेका छन । डेनिस रेडक्रसको निमन्त्रणामा चार दिने नेपाल भ्रमणका लागि नेपाल आएका राजकुमार फ्रेडरिकले लमजुङमा चलेको परियोजना र भूकम्प पीडितको अवस्था अवलोकन गर्ने कार्यक्रम छ । उनि काठमाडौंबाट स्थलमार्ग हुँदै लमजुङ सदरमुकाम बेसीशहर पुगेका हुन् । उनि पर्सि बेसीशहरबाट काठमाण्डू हुँदै डेनमार्क फर्कने कार्यक्रम छ । उनको यो भ्रमण निजी भनिएको छ । लमजुङ भ्रमणका क्रममा राजकुमार फ्रेडरिक आज पाचोक गाविसमा जाँदैछन । पाचोकबाट पैदलयात्रा गरी बन्सार गाविस जाने र भोलि सदरमुकाम बेसीशहर फर्कने कार्यक्रम छ । डेनिस रेडक्रसको सहयोगमा लमजुङका ६ गाविसका एक हजार ८ सय घरधुरी भूकम्प पीडितलाई जस्तापाता, घर निर्माण सामाग्री, भाडाकुडा, खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्री वितरण गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु