राजनीति

न्यायाधीशमाथि ‘महाअभियोग’को कारबाहीको व्यवस्था नगर्न बारको सुझाब

काठमाडौं, १ असार । नेपाल बार एशोसिएसनले न्यायाधीशमाथि महाअभियोगको कारबाही सम्बन्धि व्यवस्थामा विमति रहेको जनाएको छ । बारले नयाँ संविधान निर्माणका लागि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधान सभामा पेश गरेको न्यायपालिकासम्बन्धी केही व्यवस्थामा आपत्ति जनाएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशमाथि छानविन र अनुगमन गर्न संसदीय समिति बनाउने प्रस्तावको विरोध गर्दै बारले […]

२०७२ असार १ गते, मंगलवार

३३ दलीय मोर्चावाट बैद्य माओवादी निस्कासित

काठमाडौं, ३२ जेठ । नेकपा-माओवादी नेतृत्वको ‘३३ दलीय मोर्चा’ फुटेको छ । बैद्य माओवादीलाइ शोभाराम थापा सहितले मोर्चाको नीति विपरित गतिविधि गरेको आरोप लगाइ निस्कासन गरेको घोषणा गरेको छ । दोस्रो संविधानसभा निर्वाचन बहिस्कारका क्रममा सक्रिय भएको ३३ दलीय मोर्चा पछिल्लो समय निश्किय थियो । मोर्चामा आवद्ध जनजातिसहितका दलहरु प्रचण्ड नेतृत्वको ३० दलमा गएका थिए […]

२०७२ जेष्ठ ३२ गते, सोमबार

ताप्लेजुङको पोहिरो प्रवाभित क्षेत्रमा उद्धार जारी

काठमाडौं, ३० जेठ । ताप्लेजुङका ६ गाविसमा गएको पोहिरो प्रवाभित क्षेत्रमा आज पनि बिहानैदेखि राहत तथा उद्धारको काम शुरु भएको छ । दैविक प्रकोप उद्धार समिति ताप्लेजुङको समन्वयनमा काठमाडौाबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट पोहिरो विस्थापित भएको स्थानमा राहात पुर्‍याउने काम भइरहेको हो । नेपाली सेनाको हेलिकप्टरले आज बिहान लिवाङ गाविस पुगेर राहात वितरण गरेको छ […]

२०७२ जेष्ठ ३० गते, शनिबार

संविधान नबनेसम्म पद छाड्दिनँ : प्रधानमन्त्री

काठमाडौं , २९ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले ‘संविधान जारी नभएसम्म पदत्याग नगर्ने’ प्रष्ट पारेका छन् । आज बिहान आफ्नै निवास बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघ–संस्थाले जम्मा गरेको रकमको चेक बुझ्दै कोइरालाले ‘आफूलाई धेरै दिन पदमा बस्ने रहर नभएकाले छिटो संविधान जारी गर्न’ सबै दलसँग आग्रह गरे । ‘आफू पद ओगट्न प्रधानमन्त्री […]

२०७२ जेष्ठ २९ गते, शुक्रबार

पूर्व मन्त्री तथा राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको निधन

काठमाडौं , २७ जेठ । पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता पद्मसुन्दर लावतीको आज बिहान राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। लावतीको निधन भएको उनकी बुहारी एवम् सभासद् बबिना लावती मोक्तानले जानकारी दिइन् । लावती मृगौलासम्बन्धी रोगका साथै रक्त अल्पता र श्वासप्रश्वास लगायतका समस्यावाट ग्रसित थिए । मृगौलासम्बन्धी समस्याका कारण गत […]

२०७२ जेष्ठ २७ गते, बुधबार

अर्थमन्त्री महत भारत प्रस्थान

काठमाडौं , २७ जेठ । भारतका वित्तमन्त्री अरुण जेट्लीको निमन्त्रणामा अर्थमन्त्री डा. रामशरण महत भारतको तीन दिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भ्रमणका क्रममा महतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनका सम्वन्धमा दुई पक्षबीच छलफल गर्नेछन् । भारतमा नेपालीहरुको बैंक खाता सञ्चालन, भारु […]

२०७२ जेष्ठ २७ गते, बुधबार

प्रधानन्यायाधीसमा कल्याण श्रेष्ठ प्रस्तावित

काठमाडौ ,२७ जेठ । संवैधानिक परिषदले भावी प्रधानन्यायाधीसमा सर्वोच्चका बरिष्ठ न्यायाधीस कल्याण श्रेष्ठको नाम सिफारिस गरेको छ । परिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरी उजुरीका लागि सार्वजनिक सूचना जारी गरेको छ । वहालवाला प्रधानन्यायाधीस रामकुमार प्रसाद शाह उमेर हदका कारण आगामी असार २३ गते सेवा निवृत्त हुँदैछन् । प्रधानन्यायाधीस सिफारिस गरिएका सर्वोच्च अदालतका […]

२०७२ जेष्ठ २७ गते, बुधबार

नेपालमा भएको निर्णय ‘स्यालूटयोग्य’ छ : बान कि मून

काठमाडौं, २७ जेठ । संविधान निर्माणका लागि नेपालका मूख्य चार राजनीतिक दलले गरेको १६ बुँदे सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मूनले नेपालको प्रजातान्त्रिक विकासका लागि राजनीतिक दलले गरेको सहमति मूख्य आधारशिला बनेको भन्दै स्वागत गरे ।सहमतिमा पुग्न नेपाली नेताहरुले गरेको अथक प्रयासलाई महासचिव मूनले स्यालूटयोग्य भनेर टिप्पणी गरेका […]

२०७२ जेष्ठ २७ गते, बुधबार

२८ अतिरिक्त न्यायाधीशको म्याद थप

काठमाडौं, २६ जेठ । न्याय परिषद्को म‌गलबारको बैठकले पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशको सेवालाई निरन्तरता दिने गरी छ महिनासम्मका लागि म्याद थप गरेको छ ।न्याय परिषद्को बैठकको निर्णय सुनाउँदै परिषद्का निमित्त सचिव कृष्ण गिरीले पुनरावेदन अदालतमा कार्यरत २८ न्यायाधीशको सेवाको म्याद समाप्त भएकाले सेवालाई निरन्तरता दिन छ महिनाका लागि नियुक्त गर्ने निर्णय गरेको बताए ।पुनरावेदन […]

२०७२ जेष्ठ २६ गते, मंगलवार

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा औपचारिक रुपमा बिभाजित

काठमाडौं, २६ जेठ । एमाओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा औपचारिक रुपमा बिभाजित भएको छ । सोमबार राती शीर्ष चार दलले गरेको १६ बुँदे सहमतिबाट असन्तुष्ट दलहरुले प्रचण्ड नेतृत्वको मोर्चाबाट अलग हुने औपचारिक निर्णय गरेका हुन् ।सहमतिबाटको विपक्षमा रहेका मधेशी दलहरुसहित १७ दलको मंगलबार सिंहदरवारमा बसेको बैठकले मोर्चाबाट अलग हुने निर्णय गरेको […]

२०७२ जेष्ठ २६ गते, मंगलवार