प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा औपचारिक रुपमा बिभाजित

२०७२ जेष्ठ २६ गते, मंगलवार

काठमाडौं, २६ जेठ । एमाओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा औपचारिक रुपमा बिभाजित भएको छ । सोमबार राती शीर्ष चार दलले गरेको १६ बुँदे सहमतिबाट असन्तुष्ट दलहरुले प्रचण्ड नेतृत्वको मोर्चाबाट अलग हुने औपचारिक निर्णय गरेका हुन् ।सहमतिबाटको विपक्षमा रहेका मधेशी दलहरुसहित १७ दलको मंगलबार सिंहदरवारमा बसेको बैठकले मोर्चाबाट अलग हुने निर्णय गरेको तमलोपाका हृदयेश त्रिपाठीले बैठकपछि जानकारी दिए । ‘चार दलको १६ बुँदे सहमतिमध्ये हामीलाई कुनैमा सहमति छैन,’ त्रिपाठीले भने, ३० दलीय गठबन्धनसँग सम्बन्धविच्देछ भएको छ ।त्रिपाठीले प्रचण्ड र विजयकुमार गच्छदारले मधेसी र जनजातिलाई धोका दिएको आरोप लगाए । भूकम्पपीडितलाई राहत र पुर्नस्थापना गर्न छाडेर सत्ताको खेलमा उनीहरु लागेको त्रिपाठीको आरोप छ ।
प्रचण्ड नेतृत्वको ३० दलीय गठबन्धन्मा रहेको २८ दलको तर्फवाट महन्थ ठाकुरले जारी गरेको विज्ञप्तीमा १६ बुँदे सम्झौताले अन्तरिम संविधानको १३८ धारालाई नंग्न उलंघन मात्र गरेको छैन सबिधानसभाको गरिमालाई पनि ध्वस्त गरेको उल्लेख छ । १६ बुँदे सम्झौता प्रतिगमनको सुरुवातको भएको २८ दलको निकष्र्ष छ । विज्ञप्तीमा भनिएको छ, ‘हिजो ४ दलको सहमतिको नाममा प्रकाशित १६ बुँदे प्रस्तावप्रति हाम्रो गम्भीर अपात्ती छ, यो कथित सहमती प्रतिगमनको सुुरुवात हो । यसले अन्तरिम सबिधानको धारा १३८ को नंग्न उलंघन मात्रै गरेको छैन, सबिधानसभाको अधिकार क्षेत्रलाई समेत कटौती गरी सबिधानसभाको गरिमालाई ध्वस्त पार्ने कार्य गरेको छ ।’
३० दलीय मोर्चा औपचारिक रुपमा बिभाजित भएपछि २८ दलको नयाँ नेता महन्थ ठाकुर छानिएका छन् । बैठकपछि २८ दलको तर्फबाट उनले विज्ञप्ती जारी गरेका छन् ।बैठकले संविधानसभाको बैठकलाई बहिस्कार गर्ने निर्णय समेत गरेको त्रिपाठीले बताए । असन्तुष्टमध्ये १२ दलले संविधानसभाको प्रतिनिधित्व गर्दछन् । असन्तुष्ट दलहरुले आज ५ बजे बस्ने भनिएको डा. बाबुराम भट्टराईको संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिको बैठक भाग लिने बताइएको छ । उनीहरुले त्यहाँ आफ्नो कुरा राख्नेछन् ।

प्रतिक्रियाहरु