नेपालमा भएको निर्णय ‘स्यालूटयोग्य’ छ : बान कि मून

२०७२ जेष्ठ २७ गते, बुधबार

काठमाडौं, २७ जेठ । संविधान निर्माणका लागि नेपालका मूख्य चार राजनीतिक दलले गरेको १६ बुँदे सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मूनले नेपालको प्रजातान्त्रिक विकासका लागि राजनीतिक दलले गरेको सहमति मूख्य आधारशिला बनेको भन्दै स्वागत गरे ।सहमतिमा पुग्न नेपाली नेताहरुले गरेको अथक प्रयासलाई महासचिव मूनले स्यालूटयोग्य भनेर टिप्पणी गरेका छन् ।
हालै गएको भूकम्पबाट सृजित चुनौतिहरुलाई सामना गर्नुपर्ने परिस्थितिमा यो सहमति गर्न सकेकामा उनले हृदयदेखि नै प्रशंसा गरेका हुन् ।
उक्त सहमति कार्यान्वयनका लागि निर्णायात्मक कदमहरु लिन पनि नेताहरुलाई महासचिव मूनले प्रोत्साहित गर्नुभएको मूनको सचिवालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बाँकी रहेका मुद्दाहरुमा सहमति जुटाउँदै नेपाली जनताको बृहत्तर हितका साथ समावेशी संविधानको मस्यौदा निर्माण गर्न अझ धेरै गृहकार्य जरुरी पर्ने पनि महासचिव मूनले औल्याएका छन् । उनले नेपालको शान्ति प्रक्रिया र विकासका लागि राष्ट्रसंघको सहयोग निरन्तर रहने बचनबद्धता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु