ताप्लेजुङको पोहिरो प्रवाभित क्षेत्रमा उद्धार जारी

२०७२ जेष्ठ ३० गते, शनिबार

काठमाडौं, ३० जेठ । ताप्लेजुङका ६ गाविसमा गएको पोहिरो प्रवाभित क्षेत्रमा आज पनि बिहानैदेखि राहत तथा उद्धारको काम शुरु भएको छ । दैविक प्रकोप उद्धार समिति ताप्लेजुङको समन्वयनमा काठमाडौाबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट पोहिरो विस्थापित भएको स्थानमा राहात पुर्‍याउने काम भइरहेको हो । नेपाली सेनाको हेलिकप्टरले आज बिहान लिवाङ गाविस पुगेर राहात वितरण गरेको छ ।
दैविक प्रकोप उद्धार समितिले क्रिपाल, औषधि र ड्राइ फुड तत्कालिन राहात विस्थापित बसेको स्थानमा पठाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डम्बरु बल्लव निरौलाले बताउनु भयो । बुधबार सााझदेखि परेको अविरल वर्षासागै ताप्लेजुङका खोक्लिङ, सान्थाक्रा, लिबाङ, खिङ्लाबु, लिङ्तेप र खाम्लालुङ गाविसका ४४ घर बगाउादा ३५ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता भएका छन् । पहिरोमा परि दूई सय ५० जना पूर्ण रुपमा विस्थापित भएका छन् । पोहिरोमा उद्धार गरिएका ८ जना घाइते मध्ये पाच जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र तीन जनाको थप उपचारका लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरु