२८ अतिरिक्त न्यायाधीशको म्याद थप

२०७२ जेष्ठ २६ गते, मंगलवार

काठमाडौं, २६ जेठ । न्याय परिषद्को म‌गलबारको बैठकले पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशको सेवालाई निरन्तरता दिने गरी छ महिनासम्मका लागि म्याद थप गरेको छ ।न्याय परिषद्को बैठकको निर्णय सुनाउँदै परिषद्का निमित्त सचिव कृष्ण गिरीले पुनरावेदन अदालतमा कार्यरत २८ न्यायाधीशको सेवाको म्याद समाप्त भएकाले सेवालाई निरन्तरता दिन छ महिनाका लागि नियुक्त गर्ने निर्णय गरेको बताए ।पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशको म‌गलबार म्याद सकिएको थियो ।न्याय परिषद्को बैठकअनुसार उनीहरूलाई २०७० जेठ २७ को निर्णयअनुसार पुनरावेदनको अतिरिक्त न्यायाधीशमा नियुक्ति गरिएकामा गत वर्ष एक वर्षका लागि म्याद थप गरिएको थियो ।अस्थायी न्यायाधीशहरूले पुनः म्याद थप गर्न प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसँग आग्रहसमेत गरेका थिए ।
नेपाल बार एशोसिएसनले दुई वर्षदेखि निरन्तर न्याय सम्पादन गर्दै आएका अतिरिक्त न्यायाधीशको म्याद सकिन लागेकाले न्याय परिषद्को बैठक बोलाई तत्काल निर्णय लिन सोमबार विज्ञप्ति जारी गरी आग्रह गरेको थियो ।- रासस

प्रतिक्रियाहरु