राजनीति

८ प्रदेश बनाउन सैद्धान्तिक सहमति

काठमाडौं,२५ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको चार प्रमुख राजनीतिक शक्तिहरुको बैठकले ८ प्रदेशमा सैद्धान्तिक सहमति जुटाएका छन । सहमतिलाइ आज साँझ बस्ने बैठकले लिखित सहमति गर्नेछ । आज दिनभरीमा कुनै गडबडी भएन भने नाम र सिमाना नछुट्याइएका ८ संघीय प्रदेशमा जाने सहमति सहित दलहरुबीच संविधानका विवादि विषयमा लिखित सम्झौता हुने भएको छ […]

२०७२ जेष्ठ २५ गते, सोमबार

बालबालिकाका लागि बुथ निर्माण

काठमाडौ , २५ जेठ । रौतहटको छोटी भन्सार नाकामा बालबालिका निगरानी बुथ निर्माण सुरु गरिएको छ । रौतहटका दक्षिणी सीमामा रहेका छोटी भन्सार नाकामा बालबालिका, किशोरी, महिला बेचबिखन र ओसारपसार समस्याबाट बचाउन सहयोग पुर्याउने उद्देश्यले निगरानी बुथ निर्माण कार्यको आरम्भ भएको हो । प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा महिला सुरक्षा दबाब समूह, मानव बेचबिखन नियन्त्रण […]

२०७२ जेष्ठ २५ गते, सोमबार

सरकारको कामलाई निगरानी गरिदिनुहोस : प्रधानमन्त्री

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले राहत हस्तान्तरण गर्न पुगेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग भूकम्प पीडितहरुकालागि सरकारले गरिरहेको राहत, उद्दार र पुनःनिर्माणको कामलाई सबैले वाचडगका रुपमा निगरानी गरिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री कोइरालाले राहत रकममा हिनामिना हुन नदिन आफू दृढ संकल्पित रहेको भन्दै त्यस्तो सूचना पाए आफूलाई खबर गर्न पनि आग्रह गरे । प्रधानमन्त्री […]

२०७२ जेष्ठ २४ गते, आईतवार

फर्जी विवरण देखाएर राहत र परिचय पत्र लिनेलाई सार्वजनिक मुद्धा

काठमाडौं,२४ जेठ । सरकारले भूकम्प पीडित परिचय पत्र अनियमित रुपमा लिनेलाई तत्काल कारवाही गर्ने जनाएको छ । त्यसको लागि गृह मन्त्रालयले स्थानिय प्रशासनलाई निर्देशन दिइ सकेको जनाएको छ । मन्त्रालय अन्तर्गतको विपत् व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगालले फर्जी विवरण देखाएर राहत लिने र परिचय पत्र लिनेलाई सार्वजनिक मुद्धा चलाउने निर्णय भएको बताए । उनका अनुसार […]

२०७२ जेष्ठ २४ गते, आईतवार

नेताले खाए तीन गोल

काठमाडाैँ, २३ जेठ । भूकम्पपीडितको सहयोगार्थ राजनीतिक दलका शीर्ष नेता र कलाकारबीच भएको मैत्रीपूर्ण फुटबलमा कलाकार टिम ३ गोल प्रहार गरी बिजयी भएको छ । खेलमा पराजित भएपछी प्रधानमन्त्री सुशीलकोइरालले कलाकारहरुसँगको मैत्री पूर्ण फूटवलमा हार बेहोरे पनि संविधान निर्माणमा जीत गर्ने बताएका छन् । आज हलचोक मैदानमा भूकम्पपीडितको सहयातकोलागि भन्दै आयोजना गरिएको कलाकार र नेता […]

२०७२ जेष्ठ २३ गते, शनिबार

नेता र कलाकारबीच मैत्रीपुर्ण फुटवल खेल हुँदै

काठमाडौँ ,२३ जेठ । भूकम्पपीडितलाई सहयोग संकलन गर्न राजनीतिक दलका नेता र कलाकारबिचको मैत्रीपुर्ण फुटवल खेलको राष्ट्रपति डाक्टर रामबरण यादवले उद्घाटन गरेका छन । प्रधानमन्त्री सुशील कोइरालासहितका शिर्ष नेता र चर्चित कलाकारहरुबीचको खेलमा नेताको टीमबाट प्रधानमन्त्री सुशिल कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पुर्व प्रधानमन्त्रीहरु […]

२०७२ जेष्ठ २३ गते, शनिबार

संविधानसभाका सबै दलबीच सामुहिक छलफल हुदै

काठमाडौं, २३जेठ । संविधानका विवादित विषयमा सहमति खोज्न संविधानसभामा रहेका सबै दलबीच आज सामुहिक छलफल हुँदैछ ।हिजोको बैठकमा प्रमुख चार दलका शीर्ष नेताहरुले दलहरुको सर्वदलीय बैठक बोलाउने सहमति गरेका हुन् । यद्यपि, चार दलकै बीचमा पनि संविधानका विवादित विषयमा कुरा मिल्न भने सकेको छैन । विवादको मूख्य चूरो राज्यको पुनर्संरचनामै रहेको छ । एमाले अध्यक्ष […]

२०७२ जेष्ठ २३ गते, शनिबार

आज बसेको मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितलाई उपलब्ध गराउने जस्तापाता खरिद गर्न नेसनल र साल्ट ट्रेडिङलाई जिम्मा दिने निर्णय गरेको छ । बैठकले नेपाली उद्योगका जस्तापाता पर्याप्त नहुने भन्दै विदेशबाट जस्ता किन्न नेसनल र साल्ट ट्रेडिङलाई जिम्मा दिने निर्णय गरेको हो । यसरी किनिने जस्तापातामा ५० प्रतिशत भन्सार छुट दिइने […]

२०७२ जेष्ठ २२ गते, शुक्रबार

एमाले प्रवेश गर्नेको लहर

काठमाडौं, २२ जेठ । रुपन्देहीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका अन्य पार्टी परित्याग गरेर १६ जना नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु अधिकांश क्षेत्र नं. १ का हुन् । एमाले प्रवेश गर्नेहरुमा राप्रपाका केन्द्रीय संगठन विभाग सदस्य ताहिर अलि, जिल्ला प्रवक्ता झिल्लु प्रसाद न्यौपाने, फोरम नेपालका जिल्ला सदस्य जयप्रकाश यादवलगायत रहेका छन् […]

२०७२ जेष्ठ २२ गते, शुक्रबार

माओवादीका स्वास्थ्यकर्मी मनोसामाजिक उपचारमा

काठमाडौँ, २२ जेठ । नेकपा माओवादी निकट स्वस्थ्यकर्मीहरु भूकम्पबाट बढि प्रभावित १७ वटै जिल्लामा औषधी र उपकरणसहित अभियानात्मक रुपमा परिचालिन भएका छन् । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको नेतृत्वमा उनीहरु पहिलो चरणको अभियान सकेर दोस्रो चरण अन्तरगत प्रभावित सबै जिल्लामा पुगेका हुन् । महासंघले एक जना सिनियर स्वास्थ्यकर्मीको नेतृत्वमा चारदेखि पाँच जनाको टोली परिचालन गरेको छ […]

२०७२ जेष्ठ २२ गते, शुक्रबार