राजनीति

लिपुलेकसम्बन्धी सम्झौता सच्याउन माग

काठमाडौँ, ९ असार । राजनीतिज्ञ, सेवानिवृत्त राष्ट्रसेवक कर्मचारी र बुद्धिजीवीहरु सम्मिलित रहेर गठन गरिएको ‘२५ को समूह’ले लिपुलेक नाकामार्फत व्यापार बिस्तार गर्ने भारत र चीनको सम्झौता सच्याउन माग गरेको छ । राजनीतिज्ञ राजेश्वर देवकोटाको सभापतित्वमा गठन गरिएको समूहले ‘लिपुलेक’का विषयमा प्रतिवेदन तयार पार्दै सो भूमि नेपालको रहेको ठहर गर्दै सातबुँदे सुझाव दिएको छ ।प्रतिवेदनमा गत […]

२०७२ असार ९ गते, बुधबार

पहिरोमा परी बेपत्ता भएकाहरुको काजकिरिया सम्पन्न

काठमाडौं, ९ असार । जिल्ला विपत व्यवस्थापन समिति ताप्लेजुङले पहिरोमा वेपत्ता भएकाको परिवालाई पनि मृतकका सरह राहत र सेवा सुविधाको लागि सरकारसंग अनुरोध गरेको छ । गत जेठ २७ गते राती गएको पहिरोले जिल्लामा अझै २० जना वेपत्ता रहेका छन् । पहिरो गएको दिनदेखि लगातार खोजीकार्य जारी राख्दा समेत हाल सम्म बेपक्ताको शव फेला नपरेपछि […]

२०७२ असार ९ गते, बुधबार

३४ दाताले गरे भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूची अवलोकन

काठमाडौँ , ९ असार । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएका विशिष्ट पाहुनाले भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका क्षेत्रको बुधबार अवलोकन गरेका छन । भूकम्पले सो क्षेत्रका करिब ८० प्रतिशत ऐतिहासिक एवम् पुरातात्विक भवनलाई क्षति पुर्याएको छ । काष्ठमण्डप, भाजु देवल, नारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, शिवपार्वतीको मन्दिर, नौतलेदरबारमध्ये […]

२०७२ असार ९ गते, बुधबार

प्राधिकरण गठन प्रक्रियाप्रति भट्टराईको असन्तुस्टी

काठमाडौं, ८ असार । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको अध्यक्षतामा गठन गर्न लागिएको पुनःनिर्माण प्राधिकरणमा सरकारकै मन्त्री र सचिवहरुको बाहुल्यता रहने भएकाले त्यसको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको बताएका छन् । मंगलबार राजधानीमा आफैंले आयोजना गरेको विज्ञहरुसँको छलफलमा भट्टराईले ‘प्राधिकरणको नेतृत्व नयाँ पुस्ता तथा व्यवसायिक अनुभव भएका व्यक्तिलाई दिनुको साटो राजनीतिकरणबाट थला परेको सरकारी […]

२०७२ असार ८ गते, मंगलवार

१६ बुँदे सहमतिको आधारमा बन्ने संविधान मान्दैनौ : गजुरेल

काठमाडौं, ८ असार । नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले रातारात गरिएको १६ बुँदे सहमतिका आधारमा जारी हुन लागेको संविधान कुनै हालतमा स्विकार नहुने बताएका छन् । सर्बोच्च अदालतको आदेशको समेत अपमान गर्दै प्रमुख ४ दलले जबरजस्ति संविधान लाद्न खोजेको भन्दै उनले १६ बुँदे सहमतिको नाममा अर्को द्वन्द्व ल्याउन खोजिएको आरोप लगाए । सुनसरीको इटहरीस्थित पार्टी कार्यालयमा […]

२०७२ असार ८ गते, मंगलवार

सर्वोच्चको आदेश बिबादको घेरामा

काठमाडौं, ८असार । राष्ट्रपति डा. रामवरण यादव र संविधानसभा अध्यक्ष सुवास नेम्बाङबीच सोमबार भएको भेटघाटमा सर्वोच्च अदालतले संविधान निर्माणका सम्बन्धमा हालै जारी गरेको अन्तरिम आदेशबारे बिबाद भएको छ । सर्वोच्चको आदेशमा दलहरुले कडा प्रतिक्रिया दिएकोमा राष्ट्रपतिले राज्यका तीन अंगबीच सुमधुर सम्बन्ध हुनुपर्ने भएकाले संयम अपनाउन सुझाव दिएका थिए । तर सभाध्यक्ष नेम्वाङले भने तीन वटै […]

२०७२ असार ८ गते, मंगलवार

दाता सम्मेलनको तयारी तिब्र

काठमाडौ, ७ असार । सरकारले दाता सम्मेलनको तयारीका विषयमा आज थप छलफल गर्ने भएको छ । चार दिन बाँकी रहेका बेला सरकारले दाता सम्मेलनको तयारीका विषयमा छलफल गर्न लागेको हो । सम्मेलन गर्ने स्थान, अतिथिहरुको व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ । परराष्ट्र मन्त्रालयले सरकारका सबै सचिवहरुसँग छलफल गर्ने तयारी गरेको छ । नयाँ लगानीकर्ताका रूपमा […]

२०७२ असार ७ गते, सोमबार

विवाद समाधान कार्यदल असफल

काठमाडौ, ७ असार । संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदल विवाद समाधान गर्न असफल भएको छ । मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले मस्यौदा एकीकरण र विवाद समाधानका लागि पाएको आजसम्मको समयसीमा प्रतिवेदन बुझाउनुपर्नेछ । तर आज बस्ने समितिको पूर्ण बैठकमा विवाद समाधानसहितको पहिलो एकीकृत मस्यौदा पेस गर्ने सम्भावना छैन । केही विषय मिल्न बाँकी रहेकाले […]

२०७२ असार ७ गते, सोमबार

अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौ, ६ असार । आज प्रथम अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइन भएको छ । संयुक्त राष्ट्रसंघकै आह्वानमा यसवर्ष जुन २१ तारिखका दिन योग दिवस विश्वभर मनाउन लागिएको हो । राष्ट्र संघले एकता र शक्तिको सन्देश दिन यो दिवस मनाउन लागेको जनाएको छ । योगले स्वास्थ्य र मानव कल्याणमा पुर्णता प्रदान गर्दछ भन्ने मुल नाराका […]

२०७२ असार ६ गते, आईतवार

आज अन्तर्राष्ट्रिय शरणार्थी दिवस

काठमाडौं, ५ असार । आज जुन २० तारिख अर्थात अन्तर्राष्ट्रिय शरणार्थी दिवस, शरणार्थीको हक अधिकारका लागि काम गर्ने विभिन्न संघसंथा र नेपालमा रहेका शरणार्थीले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । दिवसमा शरणार्थीका हक, हित र अधिकारका कुरा जोडतोडका साथ उठाइन्छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरले द्वन्द्वका कारण धेरै मान्छे विस्थापित हुने गरेको भन्दै युद्धको […]

२०७२ असार ५ गते, शनिबार