अर्थमन्त्री महत भारत प्रस्थान

२०७२ जेष्ठ २७ गते, बुधबार

काठमाडौं , २७ जेठ । भारतका वित्तमन्त्री अरुण जेट्लीको निमन्त्रणामा अर्थमन्त्री डा. रामशरण महत भारतको तीन दिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भ्रमणका क्रममा महतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनका सम्वन्धमा दुई पक्षबीच छलफल गर्नेछन् ।
भारतमा नेपालीहरुको बैंक खाता सञ्चालन, भारु ५०० तथा १००० का नोटसम्वन्धी विषय, भारतमा नेपाली उत्पादनहरुले ब्योहोर्दै आएको काउन्टरभेलिङ ड्युटी, नेपालमा भारतको लगानी तथा दुईपक्षीय व्यापार विस्तारका बारेमा पनि छलफल हुनेछ ।
अर्थमन्त्री महतले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटी भूकम्पपछिको नेपाल सहायता सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सहायता सम्मेलनमा भारतका अन्य मन्त्रीहरुलाई पनि निमन्त्रणा गरिनेछ । सम्मेलन आगामी असार १० गते काठमाडौंमा आयोजना हुने तय भैसकेको छ ।

प्रतिक्रियाहरु