प्रधानन्यायाधीसमा कल्याण श्रेष्ठ प्रस्तावित

२०७२ जेष्ठ २७ गते, बुधबार

काठमाडौ ,२७ जेठ । संवैधानिक परिषदले भावी प्रधानन्यायाधीसमा सर्वोच्चका बरिष्ठ न्यायाधीस कल्याण श्रेष्ठको नाम सिफारिस गरेको छ । परिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरी उजुरीका लागि सार्वजनिक सूचना जारी गरेको छ । वहालवाला प्रधानन्यायाधीस रामकुमार प्रसाद शाह उमेर हदका कारण आगामी असार २३ गते सेवा निवृत्त हुँदैछन् ।
प्रधानन्यायाधीस सिफारिस गरिएका सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीस कल्याण श्रेष्ठको नियुक्त उपयुक्त नभए उजुरी दिन सकिने भएको छ । ब्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले सूचना जारी गरी प्रधानन्यायाधीसमा सिफारिस गरिएका न्यायाधीस श्रेष्ठको नियुक्त उपयुक्त नभए कारणसहित उजुरी दिन आग्रह गरेको हो ।
प्रधानन्यायाधीसको लागि अनुपयक्त ठानेमा स्पष्ट आधार तथा सबुत प्रमाण खोली दश दिन भित्र उजुरी दिन समितिले सर्वसाधारणमा आग्रह गरेको हो । उजुरी गर्नेले नाम गोप्य राख्न चाहेमा समेत उजुरी दिनेको नाम गोप्य राखिने समितिले जनाएको छ । न्यायाधीस श्रेष्ठबारे देशभरकै ७५ वटै जिल्लामा उजुरी दिन सक्ने ब्यवस्था मिलाइएको सूचनामा जनाइएको छ ।

प्रतिक्रियाहरु