३३ दलीय मोर्चावाट बैद्य माओवादी निस्कासित

२०७२ जेष्ठ ३२ गते, सोमबार

काठमाडौं, ३२ जेठ । नेकपा-माओवादी नेतृत्वको ‘३३ दलीय मोर्चा’ फुटेको छ । बैद्य माओवादीलाइ शोभाराम थापा सहितले मोर्चाको नीति विपरित गतिविधि गरेको आरोप लगाइ निस्कासन गरेको घोषणा गरेको छ । दोस्रो संविधानसभा निर्वाचन बहिस्कारका क्रममा सक्रिय भएको ३३ दलीय मोर्चा पछिल्लो समय निश्किय थियो । मोर्चामा आवद्ध जनजातिसहितका दलहरु प्रचण्ड नेतृत्वको ३० दलमा गएका थिए । बैद्य माओवादीले एमाओवादीसहितका पाँच दलसँग एकता प्रयास थालेपछि ३३ दलीय मोर्चालाई बेवास्ता गर्दै आएको थियो । त्यही बेला राष्ट्रिय एकता मञ्चका शोभाराम थापाले छुट्टै बैठक गरेर आफूलाई सहसंयोजक घोषणा गरे भने कोटेश्वर कार्यालय खोले । थापाले अब बैद्य माओवादीको कार्यालयमा बैठक नबस्ने भन्दै बैद्यलाई नयाँ कार्यालयमा आएर मोर्चाको नेतृत्व गर्न पत्र पठाए । तर, बैद्यले थापाको पत्र पढ्दै नपढी च्यातेर पत्रबाहकलाई हपारेर पठाए ।
सोमबार बैठक बोलाएर बैद्यले थापालाई ३३ दलीय मोर्चाबाट निस्कासन गरेको घोषणा गरे । बैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ-३३ दलीय मोर्चाको नीतिविपरीत र भ्रमपूर्ण गतिविधिमा लागेकोले राष्ट्रिय एकता मञ्चका शोभाराम थापालाई निस्कासन गर्ने निर्णक्ष् भएको छ ।’
थापाले पनि आफूसँग ३२ दल रहेको भन्दै बैद्यलाई मोर्चाबाट हटाइएको दावी गरेका छन् । ‘बैद्यजी मोर्चाको कार्यालष्मा आएर नेतृत्व गरे स्वीकार गर्छौं । तर, माओवादीको कार्यालयमा भ्रातृ संगठनका रुपमा बैठक नराख्ने भनेका थियौं’ थापाले भने-‘उहाँ आउनु भएन र हामी ३२ दलले उहाँलाई मोर्चाबाट अलग गरेका छौं ।’ थापाले भने बैद्य माओवादीले ३३ दलीय मोर्चालाई सडकमा ल्याएर फालेको आरोप लगाए । ‘चुनाव बहिस्कार गरेपछि कांग्रेस-एमालेसँग वार्ता गरेर बैद्यजीले राजनीतिक गद्धारी गरे’ सोभाराम थापाले भने-‘प्रचण्डसँग वार्ता सुरु गरेपछि ३३ लाई वेवास्ता गरे ।’

प्रतिक्रियाहरु