राजनीति

सीमा नाकाहरुमा मोर्चाका कार्यकर्ता बस्दै आएको पन्डाल हटाइयो

काठमाडौं, १५ माघ । पाँच महिनादेखि मधेसी मोर्चाका सयौं नेता तथा कार्यकर्ताद्वारा चौबिसै घन्टा धर्नाका लागि महोत्तरीका विभिन्न सीमानाकामा राखिएको समियाना र पन्डाल हटाइएको छ । भारतसँग जोडिएका महोत्तरीका मुख्य नाका भिठामोड, मटिहानी र सम्सीमा नाका अवरुद्ध पारेर चौबिसै घन्टा धर्ना बस्दै आएका मोर्चाका नेता तथा कार्यकर्ता अब नाकामा आउन छाडेका छन् भने ती नाकामा […]

२०७२ माघ १५ गते, शुक्रबार

प्रधानमन्त्री भारत भ्रमणको तयारीमा

काठमाडौ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओली तीन साताभित्रै भारत भ्रमणमा जाने भएका छन्। भारतबाट फर्किए लगत्तै प्रधानमन्त्री चीन भ्रमणमा जाने तयारी छ। संविधान संशोधनपछि नाकाबन्दी हट्न थालेको र केही दिनभित्रमा पूर्ण रुपमा नाका सहज हुने संकेत पाएपछि नेपाल पक्षले भारतीय पक्षलाई फेब्रुअरी दोस्रो वा तेस्रो साता प्रधानमन्त्रीको भ्रमणको समय प्रस्ताव गरेको हो। प्रधानमन्त्रीको […]

२०७२ माघ १५ गते, शुक्रबार

वैद्य माओवादीको राष्ट्रिय सम्मेलन असोजमा

काठमाडौं, १४ माघ । नेकपा (क्रान्तिकारी माओवादी )ले आगामी असोज १ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । माघ ३ गतेदेखि १२ गतेसम्म सम्पन्न पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सो पार्टीले सच्चा कम्युनिस्ट क्रान्तिकारीसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउने उद्देश्यमाथि ध्यान दिंदै सम्बद्ध राजनीतिक पार्टीहरूसित चल्दै आएको वार्ता तथा संवादको प्रक्रियालाई निरन्तरता दिने […]

२०७२ माघ १४ गते, बिहीबार

सरकारले प्रभावकारी ढंगले काम गर्न सकेन : एमाओवादी

काठमाडौं, १३ माघ । एमाओवादीले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको निष्कर्ष निकालेको छ । एमाओवादीको आज बसेको स्थायी कमिटीको बैंठकमा नेताहरुले सरकार र एमाओवादीबाट मन्त्री भएकाहरुले जनताको चाहना बमोजिम काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् । उनीहरुबीच सरकाबाट बाहिरीने वा यहि सरकारलाई निरन्तरता दिने भन्ने बिषयमा विवाद भएको थियो । केहि नेताहरुले […]

२०७२ माघ १३ गते, बुधबार

मधेसी मोर्चामा संघीय गठबन्धन कि मधेसी महागठबन्धन भन्ने बिबाद

काठमाडौ, १३ माघ । मधेसी मोर्चाभित्र चरम असमझदारी चुलिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध चार दलमध्ये संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव ‘संघीय गठबन्धन’को वकालत गर्दैछन्, सद्‍भावना अध्यक्ष राजेन्द्र महतो भने ‘मधेसी महागठबन्धन’ को। दुई दिनअघि राजधानीमा सकिएको फोरम केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष यादवले राजनीतिक प्रतिवेदनमै मधेस(पहाड जोड्ने गरी संघीय गठबन्धन बिस्तार गर्नुपर्ने […]

२०७२ माघ १३ गते, बुधबार

अनुमति बिना भारत प्रवेश गर्न नपाइने

काठमाडौ, १२ माघ । भारतीय भन्सार कार्यालयले सुरक्षाको कारण देखाउँदै नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाई गरेको छ । निर्वाध रुपमा भारत प्रवेश गर्दै आएका नेपाली नम्बरका गाडी भारतीय भन्सार कार्यालयको अनुमति बिना अव भारत प्रवेश गर्न नपाउने भएका हुन् । भारतले नेपाली नम्बरका मोटरसाइकललगायत सवारी–साधन एक दिनका लागि प्रवेश गर्दा पनि अनिवार्य रुपमा प्रवेश […]

२०७२ माघ १२ गते, मंगलवार

भारत ६७औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौ, १२ माघ । भारतले आज नयाँ दिल्लीमा विशेष समारोहका बीच आफ्नो ६७ औं गणतन्त्र दिवस मनाउँदैछ । सन् १९५० जनवरी २६ का दिन भारतमा नयाँ संविधान लागु भएको स्मरणमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ । अहिले केहीबेरमा औपचारिक कार्यक्रम शुरु गरिने जनाइएको छ । गणतन्त्र दिवस अबरमा प्रधानमन्त्री नरेन्द्र मोदीले विषेश सम्वोधन गर्दै […]

२०७२ माघ १२ गते, मंगलवार

मोर्चाका कार्यकर्ताद्धारा भारतीय गाडीमा पेट्रोल बम प्रहार

काठमाडौं, ११ माघ । मधेसी मोर्चाका कार्यकर्ताले पूूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहाको गोलबजार नगरपालिका–९ मा दुुईओटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूूर्वबाट पश्चिमतर्फ गइरहेका पीबी २९ के ९७२२ नम्बरको भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका हुन् । बम प्रहारबाट कन्टेनरको सिटलगायत केही सामान […]

२०७२ माघ ११ गते, सोमबार

मोर्चालाई आन्दोलन फिर्ता लिन चौतर्फी दबाब

काठमाडौ, ११ माघ । संविधान संशोधनसँगै सीमा नाकामा अवरोध लगायत कार्यक्रम फिर्ता लिन मधेसी मोर्चालाई चर्को दबाबमा परेको छ। संविधानप्रति असहमति राख्दै गएको साउन ३१ देखि मधेस हड्ताल थालेको मोर्चाले असोज ६ देखि जारी नेपाल–भारत सीमा नाका धर्ना दिंदै आएको छ। आन्दोलन थाल्ने बेला मोर्चाले अघि सारेका ४ मुख्य मागमध्ये संविधान संशोधनबाट दुईटाको सम्बोधन भए […]

२०७२ माघ ११ गते, सोमबार

नेपालको राष्ट्रियता खतरामा : गजुरेल

काठमाडौ, १० माघ । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले नेपालको राष्ट्रियता खतरामा परेको बताएका छन । उनले तस्कर र भ्रष्टाचारीहरुले समानान्तर अर्थतन्त्र चलाइरहँदासमेत सरकार मुकदर्शक बनेको आरोप समेत लगाएका छन् । विदेशी मित्र राष्ट्रका नेपाली वाणिज्य दूतहरुसँग आज ललितपुरमा अन्तक्र्रिया गर्दै उपाध्यक्ष गजुरेलले मुलुक असफल राष्ट्र बन्ने बाटोतर्फ अघि बढेको बताए । उपाध्यक्ष गजुरेलले […]

२०७२ माघ १० गते, आईतवार