नेपालको राष्ट्रियता खतरामा : गजुरेल

२०७२ माघ १० गते, आईतवार

काठमाडौ, १० माघ । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले नेपालको राष्ट्रियता खतरामा परेको बताएका छन । उनले तस्कर र भ्रष्टाचारीहरुले समानान्तर अर्थतन्त्र चलाइरहँदासमेत सरकार मुकदर्शक बनेको आरोप समेत लगाएका छन् ।
विदेशी मित्र राष्ट्रका नेपाली वाणिज्य दूतहरुसँग आज ललितपुरमा अन्तक्र्रिया गर्दै उपाध्यक्ष गजुरेलले मुलुक असफल राष्ट्र बन्ने बाटोतर्फ अघि बढेको बताए ।
उपाध्यक्ष गजुरेलले कालोबजारीयाहरुलाई सरकारले नै प्रश्रय दिएको आरोप पनि लगाए । उनले भने, ‘अहिले नेपालको राष्ट्रियता खतरामा परेको छ भन्ने हाम्रो मान्यता हो ।’

प्रतिक्रियाहरु