भारत ६७औं गणतन्त्र दिवस मनाउँदै

२०७२ माघ १२ गते, मंगलवार

काठमाडौ, १२ माघ । भारतले आज नयाँ दिल्लीमा विशेष समारोहका बीच आफ्नो ६७ औं गणतन्त्र दिवस मनाउँदैछ । सन् १९५० जनवरी २६ का दिन भारतमा नयाँ संविधान लागु भएको स्मरणमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ । अहिले केहीबेरमा औपचारिक कार्यक्रम शुरु गरिने जनाइएको छ ।
गणतन्त्र दिवस अबरमा प्रधानमन्त्री नरेन्द्र मोदीले विषेश सम्वोधन गर्दै हुनुहुन्छ । भारतमा गणतन्त्र दिवसअबसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानी नयाँ दिल्लीलाई सात तहमा कडा सुरक्षाको व्यवस्थापन गरिएको छ । काठमाडौमा पनि भारतीय दुतावासले विषेश कार्यक्रम गर्दैछ ।

प्रतिक्रियाहरु