सरकारले प्रभावकारी ढंगले काम गर्न सकेन : एमाओवादी

२०७२ माघ १३ गते, बुधबार

काठमाडौं, १३ माघ । एमाओवादीले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको निष्कर्ष निकालेको छ । एमाओवादीको आज बसेको स्थायी कमिटीको बैंठकमा नेताहरुले सरकार र एमाओवादीबाट मन्त्री भएकाहरुले जनताको चाहना बमोजिम काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
उनीहरुबीच सरकाबाट बाहिरीने वा यहि सरकारलाई निरन्तरता दिने भन्ने बिषयमा विवाद भएको थियो । केहि नेताहरुले सरकारले कालोबजारी रोक्न नसकेको भ्रष्टचार बढेको र जनताको काम गर्न नसकेकोमा असन्तुष्टि जनाएका थिए ।
बैंठक पछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारको कामकारवाहिलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बताए । उनले पार्टीका गतिविधिलाई थप गतिशिल बनाउने बिषयमा पनि छलफल भएको बताए ।
बैंठकमा अधिकाशं नेताहरुले जनतामा निराशा बढ्दै गएको र सरकारका कारणले पार्टीलाई बद्नाम भएको भन्दै सरकारबाट फिर्ता हुन सुझाव दिएका थिए । नेताहरुको धारणा राख्ने क्रम जारी रहेकाले बैंठक बिहीबार बिहान पुनः बस्ने छ ।

प्रतिक्रियाहरु