राजनीति

अरुणपूर्व चक्काजाम

काठमाडौ, १० माघ । लिम्बूवान संयुक्त सङ्घर्ष समितिले आज अरुणपूर्व चक्काजाम आह्वान गरेको छ । मोरङको रङ्गेलीमा भएको घटनाको विरोधमा समितिले आज बिहानैदेखि गरेको चक्काजामका कारण ताप्लेजुङसहित पूर्वको जनजीवन प्रभावित बनेको छ । यातायात बन्दका कारण बिहानैदेखि ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, झापालगायत जिल्ला प्रभावित बनेका छन् । यी जिल्लामा चल्ने छोटो तथा लामो दूरीका […]

२०७२ माघ १० गते, आईतवार

संविधान संशोधन विधेयक पारित हुदै

काठमाडौ, ९ माघ । संसदको आज दिउँसो बस्ने बैठकले संविधान संशोधन विधेयक पारित गर्ने भएको छ । हिजो दफावार छलफल सकिएकाले यसअघिको कार्यसूची अनुुसार विधेयक पारित गर्ने संसद सचिवालयले जनाएको छ । २ दिनसम्म भएको छलफलमार्फत सांसदहरुले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रयास गरेका छन् । आज दिउँसो बस्ने संसद बैठक अघि प्रमुख दल र […]

२०७२ माघ ९ गते, शनिबार

मधेसी मोर्चालाई मनाउने प्रयास हुदै

काठमाडौ, ८ माघ । प्रमुख तीन दल आजपनि मधेसी मोर्चालाई मनाउन छलफलमा जुट्ने भएका छन् । उनीहरु आज मोर्चासग सहमति नभए भोलि संशोधन विधेयक पारित गराउने तयारीमा छन । हिजो राजनीतिक गतिरोध अन्त्यका लागि मधेसी मोर्चासँग शीर्ष तहको वार्तालाई निरन्तरता दिने निर्णय गरेका थिए । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही विषयमा असमझदारी भएपनि वार्ताबाटै समाधान […]

२०७२ माघ ८ गते, शुक्रबार

मोर्चासँगको वार्ता निष्कर्षहीन

काठमाडौँ, ७ माघ । तीन प्रमुख दलका शीर्षनेता र संयुक्त मधेसी मोर्चाका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । मोर्चाले संविधान संशोधनलगायत अन्य विषयको समाधान ‘प्याकेज’ मै गर्न अडान राखेपछि सहमति हुन नसकेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बताए । सरकार मधेसको समस्या समाधानका लागि गम्भीर रहेको […]

२०७२ माघ ७ गते, बिहीबार

संविधान संशोधनमाथि दफावार छलफल हुदै

काठमाडौ, ७ माघ । आजदेखि संसदमा संविधान संशोधनमाथि दफावार छलफलको प्रक्रिया सुरु हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधका बिचमा पनि व्यवस्थापिका संसदमा पेश भएको संविधान संसोधनमाथि मतदान हुने भएको हो । ९ गते मतदान गर्ने गराउने कार्यक्रम तय भएको संसद सचिवालयका प्रवक्ता डाक्टर भरत गौतमले जानकारी दिए । प्रमुख दलले आउँदो ९ […]

२०७२ माघ ७ गते, बिहीबार

सवारी साधनको भाडा घटाउ : नेविसङ्घ

काठमाडौँ, ६ माघ । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेकाले सवारी साधनको पनि भाडादर घटाउन तत्काल माग गरेको छ । नेविसङ्घका प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिने नियमलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन । नेविसङ्घले सरकारको निर्णय नकुरेर इमान्दारीका साथ भाडा घटाउन यातायात व्यवसायीलाई आग्रह गर्दै तत्काल […]

२०७२ माघ ६ गते, बुधबार

अख्तियारले १०७ नम्बरमा गुनासो सुन्ने

काठमाडौँ, ६ माघ । सार्वजनिक निकायमा कुनै अनियमितता भएको छ वा सेवाप्रदायक निकायमा सेवा लिन जाँदा तपाईंमाथि कुनै सरकारी कर्मचारीले दुःख दिएका छन् भने अब धन्दा नमान्नुस् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजदेखि नेपाल टेलिकमको सहयोगमा १०७ नम्बरको टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ । सो टेलिफोन नम्बर चौबिसै घन्टा सञ्चालनमा रहनेछ । मुलुकभित्रका जुनसुकै स्थानबाट […]

२०७२ माघ ६ गते, बुधबार

संविधान संशोधन प्रक्रिया सुरु हुँदै

काठमाडौ, ५ माघ । आजदेखि संविधान संशोधनको प्रक्रिया सुरु हुने भएको छ । व्यवस्थापिका संसदको आज दिउँसो १ बजे बस्ने बैठकमा नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ माथि दफाबार छलफल गर्नका लागि संविधान संशोधन विशेष समिति गठन सम्बन्धि प्रस्ताव पेश गर्ने तयारी भएको छ । आजको बैठकमा सभामुखले संशोधित संविधानको धारामा छलफलका लागि विशेष समिति […]

२०७२ माघ ५ गते, मंगलवार

एमाले संसदीय दलको विधान संशोधन हुने

काठमाडौं , ४ माघ । नेकपा एमालेले संसदीय दलको विधान संशोधन गर्ने भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधनका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक भानुभक्त ढकालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा सचेतक गोकुल घर्तीमगर […]

२०७२ माघ ४ गते, सोमबार

एमाओवादीले मन्त्रीका गलत कामको उजुरीको सुनुवाई गर्ने

काठमाडौ, ४ माघ । एकीकृत माओवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेपछि सर्वसाधारणबाट सुझाव माग्न थालेको छ। यस सँगसँगै मन्त्रीका गलत कामविरुद्ध उजुरी दिनसमेत छुट्टै पत्रमञ्जुषा एमाअोवादी कार्यालयमा राखिएको छ। एकीकृत माओवादीले पार्टी कार्यालय पेरिसडाँडामा पेटिका राखेर सरकार सञ्चालन सहयोग तथा समन्वय समिति मन्त्रीहरुले गर्नुपर्ने नयाँ कामको योजनाबारे सुझाव दिन सर्वसाधारणलाई आग्रह गरेको […]

२०७२ माघ ४ गते, सोमबार