राजनीति

पुनर्निर्माण अभियान सुरु हुदै

काठमाडौं, ३० फागुन । पुननिर्माण प्राधिकरणले आजवाट राष्ट्रिय पुनर्निर्माण अभियानको सुरुवात गर्दैछ । प्राधिकरणले दोलखाको उत्तरी सिँगटीबाट सो अभियान सुरु गर्न लागेको हो । प्राधिकरणले भूकम्पपीडितका लागि स्थायी आवसा निर्माण गर्न सरकारले दिने भनिएको अनुदानबापतको पहिलो किस्ता ५० हजार रुपैयाँका दरले वितरण गरेर अभियानको सुरुवात गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा उत्तरी लादुक ८ […]

२०७२ फाल्गुन ३० गते, आईतवार

मधेस आन्दोलनका घाइतेको उपचारका लागि सरकारले रकम एकमुष्ट दिने

काठमाडौं,२९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचार खर्च एकमुष्ट दिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुका सरकार र मोर्चाबिच भएको बैठकमा उहाँले तराईको आन्दोलनका क्रममा सरकारले घाइतेको सम्पूर्ण उपचार खर्च एकमुष्ट दिने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले निष्पक्ष न्यायिक छानबिन आयोग गठन […]

२०७२ फाल्गुन २९ गते, शनिबार

सरकारको गलत काम टुलुटुलु हेरेर बस्दैनौ : देउवा

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दल सरकार ढाल्ने चलखेलमा नलाग्ने तर सरकारको गलत काम टुलुटुलु हेरेर नबस्ने बताएका छन् । आज आफ्नै निवासमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले सरकार ढाल्न आफ्नो दलले कुनै चलखेल नगर्ने र प्रतिपक्षकै भूमिका निर्वाह गर्ने बताए । उनले वर्तमान सरकार […]

२०७२ फाल्गुन २८ गते, शुक्रबार

कांग्रेस सभापतिका लागि दोस्रो निर्वाचन दिउँसो २ बजेदेखि

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा सभापति पदका लागि दोस्रो चरणको निर्वाचन आज दिउँसो हुने भएको छ । दिउँसो २ देखि ५ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए । आइतबार भएको मतदानमा सभापतिका तीनवटै उम्मेदवारले बहुमत प्राप्त नगरेपछि पुनः मतदान हुन लागेको हो । सभापतिको […]

२०७२ फाल्गुन २४ गते, सोमबार

कांग्रेसको सभापति उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न सकेनन्

ठमाडौं, फागुन २४ । नेपाली कांग्रेसको सभापति चयनका निम्ति हिजो सम्पन्न मतदानमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि आवश्यक बहुमत प्राप्त गर्न सकेनन् । तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत पुर्‍याउन नसक्दा आज फेरि अर्को चरणको मतदान हुने भएको हो ।सभापति पदमा भएको मतगणनामा वरिष्ठ नेता शेरबहादुर देउवालाई ११ मत नपुग्दा उनी विजयी हुन सकेनन् । […]

२०७२ फाल्गुन २४ गते, सोमबार

काँग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ, २३ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदाता सुरु भएको छ । राजधानीको राष्ट्रिय सभागृहमा सुरु भएको उक्त निर्वाचनमा तीन पदाधिकारीसहित ६१ सदस्यका लागि ३१२ जनाले प्रतिस्पर्धा गर्न लागेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरे जानकारी दिए । फागुन २० र २१ गते भएको मनोनयन दर्तामा पदाधिकारीसहित […]

२०७२ फाल्गुन २३ गते, आईतवार

काँग्रेस महाधिवेशनको दोस्रो दिनको बन्द सत्र जारी

काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र जारी छ। बन्द सत्रमा शुक्रबार कावा सभापति रामचन्द्र पौडेलका तर्फबाट केन्द्रीय सदस्य महेश आचार्यले पार्टीको नीति तथा कार्यक्रम तथा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाद्वारा प्रस्तुत पार्टीको साङ्गठनिक प्रतिवेदन एवम् कोषाध्यक्ष चित्रलेखा यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आज छलफल हुने बताइएको […]

२०७२ फाल्गुन २२ गते, शनिबार

कांग्रेसको महाधिवशेनमा ३ सय ७५ जना चुनावी मैदानमा

काठमाडौ, २१ फागुन । नेपाली कांग्रेसको तेह्रौँ महाधिवशेनमा सभापति र महामन्त्रीमा तीन–तीन जना र कोषाध्यक्षमा ४ जनालगायत ३ सय ७५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले तथा महामन्त्रीमा, अर्जुन नरसिंह केसी, शशांक कोइराला र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर […]

२०७२ फाल्गुन २१ गते, शुक्रबार

कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु हुँदै

काठमाडौ, २१ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेसनको बन्दसत्र आज मध्यान्ह १२ बजेपछि सूरु हुँदैछ । बन्दसत्रमा पार्टीको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयनका साथै पार्टीले लिने नीति र कार्यक्रमसमेत टुंगो लगाउनेछ । फागुन २३ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने महाधिवेशनको बन्दसत्र आजदेखि भृकुटीमण्डपमा हुने […]

२०७२ फाल्गुन २१ गते, शुक्रबार

कांग्रेसको महाधिवेशन उद्घाटन

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन काठमाडौंको खुल्लामन्चमा कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन । ‘सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ एक वर्ष ६ महिना ढिला गरी सुरु भएको महाधिवेशनको उद्घाटनसत्रमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलगायत विभिन्न राजनीतिक दलका […]

२०७२ फाल्गुन २० गते, बिहीबार