मोर्चाका कार्यकर्ताद्धारा भारतीय गाडीमा पेट्रोल बम प्रहार

२०७२ माघ ११ गते, सोमबार

काठमाडौं, ११ माघ । मधेसी मोर्चाका कार्यकर्ताले पूूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहाको गोलबजार नगरपालिका–९ मा दुुईओटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूूर्वबाट पश्चिमतर्फ गइरहेका पीबी २९ के ९७२२ नम्बरको भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका हुन् ।
बम प्रहारबाट कन्टेनरको सिटलगायत केही सामान जलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । साथै, तोडफोडबाट गाडीको सिसा फुटेको छ । गाडीका चालक भारतीय नागरिक कलबिन्द सिंहलाई मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर कुटपिटसमेत गरेका छन् ।
यस्तै, सोही ठाउँमा पीबी२९आर ९२७२ नम्बरको भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् ।

प्रतिक्रियाहरु