राजनीति

‘ सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान हुँदैन ‘

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीता गाउनु भन्दा स्वदेशमै आत्मनिर्भर हुन र पौरखी बन्न म विदेशिन खोज्ने युवालाई आग्रह गर्दछु ।’ नेपाल घरेलु तथा साना उद्योग महासङ्घको […]

२०७३ जेष्ठ २४ गते, सोमबार

दैनिक एक घण्टा लोडसेडिङ घटाउने तयारी

काठमाडौ २४ जेठ । नेपाल विद्युत प्राधिकरणले भोलीदेखि लागु हुने गरी दैनिक एक घण्टा लोडसेडि घटाउने भएको छ । नदीमा जलस्तर बढेसँगै विद्युत उत्पादनमा वृद्धि भएपछि दैनिक एक घण्टा लोडसेडिङ घटाउने तयारी भएको प्राधिकरणले जनाएको छ । हाल दैनिक १० घण्टा लोडसेडि हुदै आएकोमा भोलीदेखि दैनिक ९ घण्टा विद्युत कटौती हुने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख […]

२०७३ जेष्ठ २४ गते, सोमबार

‘ मंसिरमा स्थानीय निकायको चुनाव गर्छु भन्नु हाँस्यास्पद ‘

काठमाडौँ, २३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मंसिरमा स्थानीय निकायको चुनाव गर्छु भन्नु हाँस्यास्पद भएको बताएका छन् । पोखरामा स्वर्गीय दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेललाई सम्मान गर्दै उनले स्थानीय र प्रादेशिक निर्वाचन आवश्यक भए पनि पुनर्संरचना आयोगको प्रतिवेदन आउनु अघि नै चुनाव गर्छु भन्नु भ्रमको खेतीमात्र भएको ठोकुवा […]

२०७३ जेष्ठ २३ गते, आईतवार

द्वन्द्वकालका दोषीले माफी पाउँदैनन्

काठमाडौँ, २३ जेठ । सत्य निरुपण तथा मेलमिलाप अयोगका अध्यक्ष सूर्यकिरण गुरुङले द्वन्द्वका क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घनका घटनाका दोषीले माफी पाउन नसक्ने बताएका छन् । सिन्धुली जिल्लाको अवस्थाका बारेमा जानकारी लिन सिन्धुलीमाढी आएका आयोगका अध्यक्ष गुरुङले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् । द्वन्द्वका घाउलाई जति पाल्यो त्यति खतरा हुने भएकाले आयोग मार्फत द्वन्द्वका घाउको सही […]

२०७३ जेष्ठ २३ गते, आईतवार

सर्वदलीय सरकारको बिकल्प छैन : प्रचण्ड

काठमाडौं, २२जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यन्वयनका लागि सर्वदलीय सरकारको बिकल्प नभएको बताएका छन् । आज रामेछापको मन्थलीमा कार्यकर्ताहरुसँगको भेटघाटमा प्रचण्डले सो कुरा बताएका हुन् । भेटघाटमा प्रचण्डले दलहरुबीच राष्ट्रिय सहमति नबने मुलुक संकटमा फस्ने चेतावनी समेत दिए । उनले सरकार परिवर्तनको खेलभन्दा पनि देशका लागि सबै शक्ति एकजुट भएर […]

२०७३ जेष्ठ २२ गते, शनिबार

उपराष्ट्रपतिको चीन भ्रमण जेठ २८ देखि

काठमाडौँ, २२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन आगामी साता चीन भ्रमणमा जाने भएका छन् । युनान प्रान्तको कुन्मिङमा ३० गतेदेखि सुरु हुने ‘चौथो चाइना—साउथ एसिया एक्स्पो’ तथा ‘२४ औं चाइना एक्स्पोर्ट तथा इम्पोर्ट फेयर’ मा सहभागी हुन उपराष्ट्रपति पुन चीन जान लागेका हुन् । भ्रमणदलमा उपराष्ट्रपतिको सचिवालयका पदाधिकारी १४ जना र परराष्ट्रका तीन अधिकारी गरी […]

२०७३ जेष्ठ २२ गते, शनिबार

नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको क्रिडास्थल बन्न सक्ने चेतावनी

काठमाडौं, २२ जेठ । अमेरिकी विदेश मन्त्रालयले नेपाल कमजोर सुरक्षा प्रणालीका कारण अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुको क्रिडास्थल बन्न सक्ने चेतावनी दिएको छ। विश्वका विभिन्न मुलुकमा भइरहेको आतंकवादी समस्याका सम्बन्धमा शुक्रवार सार्वजनिक गरिएको रिपोर्टमा अमेरिकी विदेश मन्त्रालयले भनेको छ–‘भारतसँगको खुला सिमाना र काठमाडौंमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा प्रणालीका कारण नेपालमा आतंकबादीहरुको क्रिडास्थल बन्न सक्छ।’ रिपोर्टमा […]

२०७३ जेष्ठ २२ गते, शनिबार

सरकार परिवर्तनको सहमति गरेको भए प्रमाण देखाऊ : प्रधानमन्त्री

काठमाडौं, २१ जेठ । सार्वजनिक संस्थान कर्मचारी संगठनको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शमौ ओलीले सरकार परिवर्तनको विषयमा कुनै सम्झौता नभएको दोहोर्‍याएका छन् । प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको विषयमा कुनै सहमति नभएको भन्दै त्यस्तो सहमति भएको कागज कसैसँग भए देखाउन चुनौती दिए । आफ्नै पार्टीका नेताहरु झलनाथ खनाल र माधव नेपालप्रति लक्षित गर्दै प्रधानमन्त्री […]

२०७३ जेष्ठ २१ गते, शुक्रबार

एनसेललाई लगाम

काठमाडौँ, २१ जेठ । संसदको अर्थसमितिले एनसेललाई लगाम लगाउदै कर नतिरेसम्म पूँजीवृद्धि रोक्का गर्न निर्देशन दिएको छ । अर्थसमितिले पूँजीगत लाभकर नतिरेपछि विवादमा मुछिएको एनसेलले कानुनबमोजिम शतप्रतिशत पूँजीगत लाभकर नतिरेसम्म उसको पूँजी वृद्धिलगाएत कुनै पनि व्यवसायिक प्रस्तव स्वीकृति नगर्न सरकारलाई निर्देशन दिएको छ। एनसेल कर विवादका विषयमा छलफल गर्न आज बिहान बसेको समितिले बैठकपछि यस्तो […]

२०७३ जेष्ठ २१ गते, शुक्रबार

माओवादी पोलिटब्युरो २४१ सदस्यीय

काठमाडौँ, २० जेठ । नेकपा माओवादी केन्द्रले ७५ सदस्यीय सचिवालय र दुई सय ४१ सदस्यीय पोलिटब्युरो बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बुधबार बसेको बैठकले नौ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । पोलिटब्युरो बैठक बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ । यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले […]

२०७३ जेष्ठ २० गते, बिहीबार