एनसेललाई लगाम

२०७३ जेष्ठ २१ गते, शुक्रबार

काठमाडौँ, २१ जेठ । संसदको अर्थसमितिले एनसेललाई लगाम लगाउदै कर नतिरेसम्म पूँजीवृद्धि रोक्का गर्न निर्देशन दिएको छ । अर्थसमितिले
पूँजीगत लाभकर नतिरेपछि विवादमा मुछिएको एनसेलले कानुनबमोजिम शतप्रतिशत पूँजीगत लाभकर नतिरेसम्म उसको पूँजी वृद्धिलगाएत कुनै पनि व्यवसायिक प्रस्तव स्वीकृति नगर्न सरकारलाई निर्देशन दिएको छ। एनसेल कर विवादका विषयमा छलफल गर्न आज बिहान बसेको समितिले बैठकपछि यस्तो निर्देशन दिएको हो। नेपालमा दर्ता भएको, नेपालमा नै लगानी गरेको, नेपालका नेपालीसँगकै कारोबारले पूँजी आर्जन गरेकोले एनसेल प्रालीको स्वामित्व हस्तान्तरण गर्दा पूँजीगत लाभमा कर लाग्ने विषयमा कुनै द्विविधा रहनु पर्ने कारण नभएको ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको हो।
समितिले पछिल्लो कारोबारमा कर तिर्न र तिराउन आनाकानी गर्ने र गराउनेहरु उपर छानविन गरी दोषीलाई कानुनबमोजिम कारवाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

प्रतिक्रियाहरु