सर्वदलीय सरकारको बिकल्प छैन : प्रचण्ड

२०७३ जेष्ठ २२ गते, शनिबार

काठमाडौं, २२जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यन्वयनका लागि सर्वदलीय सरकारको बिकल्प नभएको बताएका छन् । आज रामेछापको मन्थलीमा कार्यकर्ताहरुसँगको भेटघाटमा प्रचण्डले सो कुरा बताएका हुन् । भेटघाटमा प्रचण्डले दलहरुबीच राष्ट्रिय सहमति नबने मुलुक संकटमा फस्ने चेतावनी समेत दिए । उनले सरकार परिवर्तनको खेलभन्दा पनि देशका लागि सबै शक्ति एकजुट भएर अघि बढ्नुपर्ने बताए । अगामी २० महिनामा कानुन बनेर संविधानको कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले संविधान कार्यान्वयन हुन नसके देशमा ठूलो राजनीतिक र कानूुनी खतरा आउन सक्ने बताए ।

प्रतिक्रियाहरु