‘ मंसिरमा स्थानीय निकायको चुनाव गर्छु भन्नु हाँस्यास्पद ‘

२०७३ जेष्ठ २३ गते, आईतवार

काठमाडौँ, २३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मंसिरमा स्थानीय निकायको चुनाव गर्छु भन्नु हाँस्यास्पद भएको बताएका छन् । पोखरामा स्वर्गीय दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेललाई सम्मान गर्दै उनले स्थानीय र प्रादेशिक निर्वाचन आवश्यक भए पनि पुनर्संरचना आयोगको प्रतिवेदन आउनु अघि नै चुनाव गर्छु भन्नु भ्रमको खेतीमात्र भएको ठोकुवा गरे । कार्यक्रममा प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखेको स्मृतिमा उनको परिवारले स्थापना गरेको ३३ हजार ३३३ रुपैयाँ राशीको पुरस्कार पत्रकार पौडेललाई प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ कास्कीले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रियाहरु