सरकार परिवर्तनको सहमति गरेको भए प्रमाण देखाऊ : प्रधानमन्त्री

२०७३ जेष्ठ २१ गते, शुक्रबार

काठमाडौं, २१ जेठ । सार्वजनिक संस्थान कर्मचारी संगठनको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शमौ ओलीले सरकार परिवर्तनको विषयमा कुनै सम्झौता नभएको दोहोर्‍याएका छन् । प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको विषयमा कुनै सहमति नभएको भन्दै त्यस्तो सहमति भएको कागज कसैसँग भए देखाउन चुनौती दिए । आफ्नै पार्टीका नेताहरु झलनाथ खनाल र माधव नेपालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘सरकारको लोकप्रियताका कारण मेरैले कुरा बुझ्न छाडिसके अरुले के ?’ भनेर प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले आफ्नै कार्यकालमा महासागरहरुमा पानीजहाज चल्ने योजना फेरि सुनाए । कर्मचारी ट्रेड युनियनको निर्वाचनमा एमाले समर्थित ट्रेड युनियनले अत्याधिक बहुमत ल्याएको भन्दै अबको निर्वाचनहरुमा एमालेको मत त्योभन्दा बढी आउने दाबी गरे । उनले आफ्नो सरकार ढाल्ने प्रयास भइरहे पनि त्यो सम्भव नभएको भन्दै त्यस बाटोमा नलाग्न सचेत गराए ।

प्रतिक्रियाहरु