राजनीति

नेविसंघको निर्वाचन प्रक्रिया सुरु

काठमाडौं, ३१ साउन । विवादकैबीच नेपाल विद्यार्थी संघको निर्वाचन प्रक्रिया सुरु भएको छ । नेता रामचन्द्र पौडल पक्षधर विद्यार्थीको नाराबाजीबीच नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा निर्वाचन कार्यक्रम अन्तगर्त मनोनयन दर्ताको प्रक्रिया सुरु भएको हो । अहिले सम्म विभिन्न पदका लागि लगभग सात सयको हाराहरीमा मनोनयन फारम वितरण भएको छ । अहिले सम्म केन्द्रीय सदस्य पदका […]

२०७३ श्रावण ३१ गते, सोमबार

महरा चीन प्रस्थान

काठमाडौँ, ३१ साउन । उपप्रधान तथा अर्थमन्त्रमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्री पुष्पकमल दाहालको बिशेष दूतको रुपमा आज चीन प्रस्थान गरेका छन । इअर चाइनाको बिमानबाट उडेका महरा चीनको छेन्दू हुँदै आजै बेइजिङ पुग्नेछन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको चाँजोपाँजो मिलाउन त्यता लागेका महराले भोली दिउँसो ११ बजे चिनियाँ बिदेश मन्त्रीसँग बेइजिङमा भेट्ने कार्यक्रम तय […]

२०७३ श्रावण ३१ गते, सोमबार

मन्त्रिपरिषद विस्तार

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषदमा जनार्दन शर्मा (ऊर्जा मन्त्रालय), सुरेन्द्र कुमार कार्की (सूचना तथा सञ्चार), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय) थपिएका छन् । उनीहरु सबैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह […]

२०७३ श्रावण ३० गते, आईतवार

मन्त्रिमण्डल विस्तार हुदै

काठमाडौ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन । १० दिन बित्न लाग्दासमेत मन्त्रीमण्डल विस्तार हुन नसकेको भन्दै आलोचना सुरु भएपछि प्रधानमन्त्री प्रचण्डले विस्तारको तयारी गरेका हुन् । प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले सत्ता साझेदार दल नेपाली काँग्रेसबाट पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम प्राप्त भएपछि एकैपटक विस्तार […]

२०७३ श्रावण ३० गते, आईतवार

बम्किए बामदेव,ओलीले भद्र सहमति पालना नगर्दा नयाँ गठबन्धन

काठमाडौ, २९ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयन नभएसम्म कुनै पनि प्रावधान परिवर्तन गर्न नहुने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले देशलाई टुक्र्याउन र विखण्डन गर्ने गरी प्रदेशको एक ईन्च जमिन पनि तल माथि हुन नदिने चेतावनी दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग […]

२०७३ श्रावण २९ गते, शनिबार

उपाध्यक्षसहित एक दर्जन एमाले नेता ‘बेरोजगार’

काठमाडौ, २९ साउन । एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर बेरोजगार बनेका छन्। अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरुलाई एमालेले अझै काम नदिँदा उनीहरु बेरोजगार बनेका हुन्। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये धेरैलाई एमालेले पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन। उपाध्यक्षहरु भने पुरानो […]

२०७३ श्रावण २९ गते, शनिबार

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, २९ साउन । आज नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ । सरकारबाट बाहिरिएपछि पहिलो पटक आज एमाले स्थायी कमिटीको बैठक बस्न लागेको हो । नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी विस्तार, जनपरिचालनलगायतका विषयमा बैठक हुन लागेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको […]

२०७३ श्रावण २९ गते, शनिबार

मन्त्रीको पासोमा प्रधानमन्त्री

काठमाडौं, २९ साउन । प्रधानमन्त्री प्रचण्डले परिणाम देखिने गरी र सवैले सम्झने गरि आफूले काम गर्ने बताइरहेका छन् ।एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व लिएकै दिन आफूसँग समय कम भएको बताएजस्तै प्रचण्डले पनि समय कम भएकाले रातदिन खटेर जनताको पक्षमा काम गर्ने पदवहालीकै क्षणमा गरे । तर, उनले अझै मन्त्रिपरिषदलाइृ पूर्णता त के सरकारमा रहेका […]

२०७३ श्रावण २९ गते, शनिबार

नेवि सङ्घ महाधिवेशन प्रक्रिया अघि बढ्न सकेन

काठमाडौँ, २८ साउन । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको उद्घाटन यही साउन २३ गते भए पनि त्यसपछिका अन्य प्रक्रिया अघि बढ्न सकेको छैन । एघार जिल्लाको महाधिवेशन प्रतिनिधि विवादका कारण साउन २३ देखि २५ गतेसम्म निर्धारित महाधिवेशनको एकसातासम्म उद्घाटनमा नै सीमित भएको हो । महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन […]

२०७३ श्रावण २८ गते, शुक्रबार

रिसोर्टमा बम विस्फोट, एकजनाको मृत्यु

काठमाडौँ, २८ साउन । थाइल्यान्डको चर्चित ह्वा हिन रिसोर्टमा गराइएका दुईवटा बम विस्फोटमा एक महिलाको मृत्यु भएको छ । विस्फोटमा केही विदेशी पर्यटकसहित १९ जना घाइते भएका छन् । ५० मिटरको दुरीमा रहेका दुईवटा गमलामा राखिएका बम आधा घण्टाको फरकमा विस्फोट गराइएको हो । मोबाइलमार्फत् बम विस्फोट गराइएको बताइएको छ । तटीय क्षेत्रमा रहेको रिसोर्ट […]

२०७३ श्रावण २८ गते, शुक्रबार