महरा चीन प्रस्थान

२०७३ श्रावण ३१ गते, सोमबार

काठमाडौँ, ३१ साउन । उपप्रधान तथा अर्थमन्त्रमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्री पुष्पकमल दाहालको बिशेष दूतको रुपमा आज चीन प्रस्थान गरेका छन । इअर चाइनाको बिमानबाट उडेका महरा चीनको छेन्दू हुँदै आजै बेइजिङ पुग्नेछन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको चाँजोपाँजो मिलाउन त्यता लागेका महराले भोली दिउँसो ११ बजे चिनियाँ बिदेश मन्त्रीसँग बेइजिङमा भेट्ने कार्यक्रम तय छ । ‘त्यसपछि उहाँले बिदेशमन्त्रीभन्दा माथिल्लो तहका नेतालाई भेट्नु हुनेछ’ महराका प्रेश बिज्ञ त्रिभुवन पौडेलले बताए । उनका अनुसार, उच्च तहका नेता को हुनेछन् भन्ने तय भइसकेको छैन ।
सामान्यतया, चीनमा मन्त्रीभन्दा उच्च स्तरीय नेता भन्नाले चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिको सदस्य बुझिन्छ । अहिले चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति ७ सदस्यीय छ, जसमा राष्ट्रपति, प्रधानमन्त्री पनि छन् । महरा शनिबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रियाहरु