बम्किए बामदेव,ओलीले भद्र सहमति पालना नगर्दा नयाँ गठबन्धन

२०७३ श्रावण २९ गते, शनिबार

काठमाडौ, २९ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयन नभएसम्म कुनै पनि प्रावधान परिवर्तन गर्न नहुने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले देशलाई टुक्र्याउन र विखण्डन गर्ने गरी प्रदेशको एक ईन्च जमिन पनि तल माथि हुन नदिने चेतावनी दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गरेको भद्र सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले पालना नगर्दा अहिलेको गठबन्धन बनेको उनको भनाइ थियो ।

प्रतिक्रियाहरु