राजनीति

उपाध्यक्षसहित एक दर्जन एमाले नेता ‘बेरोजगार’

काठमाडौ, २९ साउन । एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर बेरोजगार बनेका छन्। अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरुलाई एमालेले अझै काम नदिँदा उनीहरु बेरोजगार बनेका हुन्। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये धेरैलाई एमालेले पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन। उपाध्यक्षहरु भने पुरानो […]

२०७३ श्रावण २९ गते, शनिबार

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, २९ साउन । आज नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ । सरकारबाट बाहिरिएपछि पहिलो पटक आज एमाले स्थायी कमिटीको बैठक बस्न लागेको हो । नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी विस्तार, जनपरिचालनलगायतका विषयमा बैठक हुन लागेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको […]

२०७३ श्रावण २९ गते, शनिबार

मन्त्रीको पासोमा प्रधानमन्त्री

काठमाडौं, २९ साउन । प्रधानमन्त्री प्रचण्डले परिणाम देखिने गरी र सवैले सम्झने गरि आफूले काम गर्ने बताइरहेका छन् ।एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व लिएकै दिन आफूसँग समय कम भएको बताएजस्तै प्रचण्डले पनि समय कम भएकाले रातदिन खटेर जनताको पक्षमा काम गर्ने पदवहालीकै क्षणमा गरे । तर, उनले अझै मन्त्रिपरिषदलाइृ पूर्णता त के सरकारमा रहेका […]

२०७३ श्रावण २९ गते, शनिबार

नेवि सङ्घ महाधिवेशन प्रक्रिया अघि बढ्न सकेन

काठमाडौँ, २८ साउन । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको उद्घाटन यही साउन २३ गते भए पनि त्यसपछिका अन्य प्रक्रिया अघि बढ्न सकेको छैन । एघार जिल्लाको महाधिवेशन प्रतिनिधि विवादका कारण साउन २३ देखि २५ गतेसम्म निर्धारित महाधिवेशनको एकसातासम्म उद्घाटनमा नै सीमित भएको हो । महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन […]

२०७३ श्रावण २८ गते, शुक्रबार

रिसोर्टमा बम विस्फोट, एकजनाको मृत्यु

काठमाडौँ, २८ साउन । थाइल्यान्डको चर्चित ह्वा हिन रिसोर्टमा गराइएका दुईवटा बम विस्फोटमा एक महिलाको मृत्यु भएको छ । विस्फोटमा केही विदेशी पर्यटकसहित १९ जना घाइते भएका छन् । ५० मिटरको दुरीमा रहेका दुईवटा गमलामा राखिएका बम आधा घण्टाको फरकमा विस्फोट गराइएको हो । मोबाइलमार्फत् बम विस्फोट गराइएको बताइएको छ । तटीय क्षेत्रमा रहेको रिसोर्ट […]

२०७३ श्रावण २८ गते, शुक्रबार

कमल थापाले मेरो चरित्र हत्या गर्न खोजे : राणा

काठमाडौं, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गरी उनले साउन २५ गते पार्टी एकता गर्ने तय भएको तर त्यसको अघिल्लो दिन थापाले आफूलाई गाली–गलौज गरेपछि एकता भाँडिएको जिकिर गरे । राणाले पार्टी एकता […]

२०७३ श्रावण २७ गते, बिहीबार

‘राष्ट्रिय अनुसन्धान केन्द्र’लाई सघाउँदै ‘भी–नाइन्टिन’

काठमाडौँ, २७ साउन । ‘मुलुकको समृद्धि र विकास युवाबिना सम्भव छैन’ यो उक्तिलाई साथ दिन आइपुगेका छन् युवा कलाकारको समूह ‘भी–नाइन्टिन’ । सन् २००७ को रामोन म्याग्सेसे पुरस्कार विजेता तथा समाजसेवी महावीर पुनले निर्माण गर्न लागेको ‘राष्ट्रिय अनुसन्धान केन्द्र’को सहयोगार्थ बबरमहलस्थित नेपाल कला परिषद्मा आफ्ना कला प्रदर्शनी गरी १९ युवा कलाकारले साथ दिएका छन् । […]

२०७३ श्रावण २७ गते, बिहीबार

नेविसङ्घको बन्द सत्रले आजबाट निरन्तता पाउने

काठमाडौँ, २७ साउन । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनले आजबाट निरन्तता पाउने भएको छ । आइतबारको औपचारिक उद्घाटनपछि अवरुद्ध बन्दसत्र कार्यक्रम आजबाट सुरु हुने भएको छ । कतिपय जिल्लामा समान्तर कमिटी गठन गरिएको र महाधिवेशन प्रतिनिधि छनोटमा विवाद देखाउँदै छुट्टाछुट्टै विद्यार्थी समूहले आमरण अनशन जारी राखेपछि महाधिवेशन उद्घाटनपछिको अन्य अनौपचारिक कार्यक्रम स्थगित गरिएका थिए । […]

२०७३ श्रावण २७ गते, बिहीबार

अख्तियारद्वारा एक हजार तीन कर्मचारीलाई जरिवाना

काठमाडौं, २६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक हजार तीन जना कर्मचारीलाई जरीवाना गरेको छ ।अख्तियारले निर्धारित समयमा सम्पती विवरण नबुझाएको भन्दै उनीहरुलाई जरीवाना गरेको हो । आयोगले आज जारी गरेको विज्ञप्तिका अनुसार प्रतिव्यक्ति पाँच हजारका दरले जरीवाना गर्ने निर्णय गरेको छ । गत आर्थिक वर्षमा विभिन्न निकायमा नियुक्ति पाएर साठी दिनभित्र सम्पत्ति विवरण […]

२०७३ श्रावण २६ गते, बुधबार

महङ्गी र कालोबजारी रोक्न निर्देशन दिएको छु – प्रचण्ड

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महङ्गी र कालोबजारी रोक्न निर्देशन दिएको बताएका छन ।उनले संविधान कार्यान्वयनसँगै आन्तरिक राष्ट्रिय एकता सुदृढीकरण गर्ने प्रतिबद्धता समेत जानेका छन । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा प्रधानमन्त्रीलाई बधाई दिन बालुवाटार गएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले मधेस तथा जनजातिको मुद्दालाई अधिकतम सहमति कायम गरी राष्ट्रलाई एकताबद्ध गर्ने […]

२०७३ श्रावण २६ गते, बुधबार