मन्त्रिपरिषद विस्तार

२०७३ श्रावण ३० गते, आईतवार

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषदमा जनार्दन शर्मा (ऊर्जा मन्त्रालय), सुरेन्द्र कुमार कार्की (सूचना तथा सञ्चार), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय) थपिएका छन् । उनीहरु सबैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह शितल निवासमा पद तथा गोपनीयताको सपथ गराइन् ।
त्यसैगरी माओवादी कोटाबाटै चारजना राज्यमन्त्री पनि थपिएका छन् । श्रीप्रसाद जबेगु (संघीय मामिला तथा स्थानीय), सत्यनारायण भगत (उर्जा), राधिका तामाङ (कृषि) र धनमाया विक (विना विभागीय) राज्यमन्त्री बनेका हुन् । उनीहरुलाई प्रधानमन्त्री दाहालले सिंहदरबारमा सपथ गराए ।

प्रतिक्रियाहरु