रिसोर्टमा बम विस्फोट, एकजनाको मृत्यु

२०७३ श्रावण २८ गते, शुक्रबार

काठमाडौँ, २८ साउन । थाइल्यान्डको चर्चित ह्वा हिन रिसोर्टमा गराइएका दुईवटा बम विस्फोटमा एक महिलाको मृत्यु भएको छ । विस्फोटमा केही विदेशी पर्यटकसहित १९ जना घाइते भएका छन् । ५० मिटरको दुरीमा रहेका दुईवटा गमलामा राखिएका बम आधा घण्टाको फरकमा विस्फोट गराइएको हो । मोबाइलमार्फत् बम विस्फोट गराइएको बताइएको छ । तटीय क्षेत्रमा रहेको रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकका लागि निकै लोकप्रिय छ ।
थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा विस्फोटका घटना सामान्यजस्तै भए पनि यसअघि पर्यटकीय क्षेत्रमा भने आक्रमण हुने गरेका थिएनन् । घटनाबारे छानबिन भइरहेको अधिकारीहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु