राजनीति

तरुण दल र महिला सङ्घको महाधिवेशन गराउन समिति गठन

काठमाडौँ, ७ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल महिला सङ्घको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई यथाशक्य सहयोग पु-याई आवश्यक निर्देशनसमेत गर्न केन्द्रीय निर्देशन समिति गठन गरेका छन । काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जित)को धारा २४ (६) बमोजिम सोमबार पार्टीका […]

२०७३ भाद्र ७ गते, मंगलवार

यातायातमा सुधार गर्न चारबुँदे निर्देशन

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले यातायातसम्बन्धी कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन सेवा प्रदायक कार्यालय थप्नेलगायत चारबुँदे निर्देशन दिएका छन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सचिव अर्जुनकुमार कार्कीलाई सोमबार बिहान निवासमा बोलाइ प्रधानमन्त्रीले यथाशीघ्र उपत्यकामा तीनओटा सेवाप्रदायक कार्यालय थप्न निर्देशन दिएका हुन । सो अवसरमा प्रधानमन्त्री दाहालले ‘उपत्यकामा सवारीचालक अनुमतिपत्र […]

२०७३ भाद्र ६ गते, सोमबार

पेट्रोलियम मजदुर आन्दोलित

काठमाडौं, ६ भदौ । न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै २९ साउनदेखि पेट्रोलियम मजदुर आन्दोलित भएका छन् । उनीहरूले सरकारले निर्धारण गरेको न्यूनतम नौ हजार सात सय रुपैयाँ पाउनुपर्ने माग कार्यान्वयनका लागि दबाब दिन आन्दोलन थालेका हुन् । माओवादी केन्द्रनिकट अखिल नेपाल पेट्रोलियम मजदुर संघले माग पूरा गराउन पटक–पटक अनुरोध गरे पनि व्यवसायीले नसुनेकाले आन्दोलन गर्नुपरेको […]

२०७३ भाद्र ६ गते, सोमबार

‘बाहुन–क्षेत्रीकै कारण धर्मनिरपेक्षता आएको हो’

काठमाडौं, ५ भदौ । खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीले सात वटा प्रदेश संख्या नमान्ने बताएको छ । पार्टीको चौबिसौं स्थापना दिवसमा राजधानीको संवाद डबलीमा आयोजित ‘भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम’मा सो कुरा बताएको हो । सांसद समेत रहेका सो पार्टीका अध्यक्ष रामकुमार राईले अहिले कायम गरिएका सात वटा प्रदेशको अवधारणा आफ्नो पार्टीको स्वीकार्य नहुने बताए […]

२०७३ भाद्र ५ गते, आईतवार

प्रचण्डसँग पुनः सहयात्राको सम्भावना छैन : वैद्य

काठमाडौ, ५ भदौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याएका छन । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुन नसक्ने धारणा राखे । मधेसवादी दलमा मधेसको हितभन्दा पनि संसद्को मोहका कारण आन्दोलनलाई गन्तव्यमा पु¥याउन नसकेको भन्दै उनले दलहरूले दिने गरेको धोकाबाट सजग रहनु […]

२०७३ भाद्र ५ गते, आईतवार

कांग्रेस जिल्ला सभापतिहरुको भेला गर्दै

काठमाडौ, ५ भदौ । नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । आज र भोलिका लागि बोलाइएको सो भेलामा नेपाली कांग्रेसले स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल गर्नेछ । सभापतिहरुको भेलाले दिएको निस्कर्ष अनुसार पार्टीले पुनर्संरचनाका विषयमा आधिकारिक धारणा बनाउने छ । राजनीतिक दल र नेताहरूको स्थानीय निकायको पुनस्संरचना सम्बन्धी फरकफरक धारणा बाहिर आइरहेका बेला संसदको […]

२०७३ भाद्र ५ गते, आईतवार

पूर्वप्रधानमन्त्री भट्टराईका चालक ट्राफिक कारबाहीमा

काठमाडौं, भदौ ५ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्रहरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन् । भट्टराईको सुरक्षामा खटिएका बा१झ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जावालाखेल ट्राफिक प्रहरीले कारबाही गरेको हो । जावलाखेल चोकमा जेब क्रसिङमा सवाी तेस्र्याएर राखेको भेटिएपछि प्रहरी चालकलाई कारबाहीको दायरमा ल्याइएको हो […]

२०७३ भाद्र ५ गते, आईतवार

निधि – मोदी भेट

काठमाडौं, ४ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयन र त्यसमा सबै जनताको चाहना समायोजन गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको स्पस्ट गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेभेन रेसकोर्सस्थित उनको निवासमा शनिबार भएको भेटमा उपप्रधानमन्त्री निधिले उक्त कुरा बताएका हुन् । मुलुकको सामाजिक […]

२०७३ भाद्र ४ गते, शनिबार

सयौ विदेशीलाई देश निकाला

काठमाडौ, ४ भदौ । गृह मन्त्रालयले एक वर्षमा नेपालबाट दुई सय ८१ जना विदेशी नागरिकलाई निष्कासन गरिएको जनाएको छ । उनीहरुलाई गृह मन्त्रालयले विभिन्न अपराधमा संलग्नलाई निष्कासन गरेको हो । आर्थिक वर्ष ०७२/७३ मा निष्कासनमा पर्नेमध्ये दुई सय ३६ जना अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन्। बाँकी ४५ जना अन्य विभिन्न किमिसका फौजदारी अपराधमा संलग्न छन्। अध्यागमन […]

२०७३ भाद्र ४ गते, शनिबार

डा .केसीले बालुवाटारमा धर्ना दिने

काठमाडौ, ४ भदौ । डा. गोविन्द केसी र उनका समर्थकले आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएका छन् । उनीहरुले सरकारसँग भएको सम्झौता कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै धर्ना दिन लागेका हुन् । डा .केसीको समर्थकहरुको संजाल सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सले दबाबस्वरुप आज बिहान ११ बजे धर्ना दिन लागेको हो । धर्नामा डा […]

२०७३ भाद्र ४ गते, शनिबार