मन्त्रिमण्डल विस्तार हुदै

२०७३ श्रावण ३० गते, आईतवार

काठमाडौ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन । १० दिन बित्न लाग्दासमेत मन्त्रीमण्डल विस्तार हुन नसकेको भन्दै आलोचना सुरु भएपछि प्रधानमन्त्री प्रचण्डले विस्तारको तयारी गरेका हुन् । प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले सत्ता साझेदार दल नेपाली काँग्रेसबाट पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम प्राप्त भएपछि एकैपटक विस्तार गर्ने तयारी गरिएकाले केही ढिलाइ भएको जानकारी दिए । आज कांग्रेसबाट नाम नआएपनि मन्त्रिपरिषद विस्तार हुने उनको भनाई छ । आज नेकपा (माओवादी केन्द्रका तर्फबाट पाँच मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ ।
प्रधानमन्त्री दाहालले यही साउन २० गते पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले पनि मन्त्रालयको जिम्मा दिएका थिए । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार काँग्रेसले १३ र माओवादीले आठ मन्त्रालय लिने सहमति भएको छ । माओवादी केन्द्रले ऊर्जा, संघीय मामिला तथा स्थानीय विकास, शिक्षा, सूचना तथा सञ्चारलगायत मन्त्रालयमा मन्त्री पठाउँदैछ ।

प्रतिक्रियाहरु