मुख्य समाचार

माओवादीको बैठक जारी

काठमाडौं,२७ मंसिर- आइतबारदेखि ललितपुरको कुपण्डोलमा बसिरहेको नेकपा-माओवादी केन्द्रीय समितिको बैठक आजपनि बस्दैछ । हिजोसम्म अधिकांस केन्द्रीय सदस्यले बोल्ने काम सकेका छन । माओवादी सचिव देव गुरुङले केही सदस्यहरुमात्रै बोल्न बाँकी रहेकाले बैठक शुक्रबार सकिने जानकारी दिए । बाँकी केन्द्रीय सदस्यले बोलेपछि अध्यक्ष मोहन वैद्य किरणको जवाफसहित बैठक सकिने माओवादीले जनाएको छ । जारी बैठक अध्यक्ष […]

२०७० मंसिर २७ गते, बिहीबार

माओवादी केन्द्रीय समितिको वैठक जारी

काठमाडौं ,२६ मंसिर। नेपाल कम्युनिस्ट पार्टी–माओवादीको केन्द्रीय समितिको वैठक आज पनि जारी रहने बताइएको छ । हिजोको वैठकमा माओवादीका उपाध्यक्ष सि.पी. गजुरेल ‘गौरव’ लगायत पोटिलव्यूरो सदस्य कुलप्रसाद के.सी. ‘सोनाम’, केन्द्रीय सदस्यहरु चन्द्रहरी सुवेदी ‘अटल’, सुरेश आले मगर, रणविर वमसहित २३ जना केन्द्रीय सदस्य तथा सल्लाहकारले अध्यक्ष किरणले प्रस्तुत गरेको दस्तावेजलाई समर्थन गर्दै आफ्नो धारणा राखेको […]

२०७० मंसिर २६ गते, बुधबार

माओवादी केन्द्रिय समितिको बैठक आजपनि

काठमाडौ, २५ मंसिर ।नेकपा-माओवादीको केन्द्रिय समितिको आइतबारवाट सुरु भएको बैठक आजपनि जारी रहने बताइएको छ ।हिजोको बैठकमा पार्टी अध्यक्ष मोहन बैद्ध्य किरणले  आफुले पेस गरेको प्रतिबेदनको  व्याख्या गरेका थिए भने बैठकमा अध्यक्षको  दस्तावेजलाई समर्थन गर्दै सचिव नेत्र विक्रम चन्द ‘विप्लब’, पोलिटव्यूरो सदस्य धर्मेन्द्र वास्तोला लगायतले आफ्नो धारणा  प्रस्तुत गरेका थिए । अध्यक्ष मोहन बैद्ध्य किरणले […]

२०७० मंसिर २५ गते, मंगलवार

माओवादी केन्द्रिय समितिको बैठक जारी

काठमाडौ, २४ मंसिर ।नेकपा-माओवादीको केन्द्रिय समितिको हिजोवाट सुरु भएको बैठक आजपनि जारी रहने बताइएको छ ।हिजोको बैठकमा १५वटै राज्यका इनचार्जहरुले आफ्नो रिपोर्ट पेस गरेका थिए भने बैठकमा पार्टी अध्यक्ष मोहन बैद्ध्य किरणले दस्ताबेज प्रस्तुत गरेका थिए । अध्यक्ष मोहन बैद्ध्य किरणले प्रस्तुत गरेको दस्ताबेजमाथि आजवाट छलफल हुने बताइएको छ ।

२०७० मंसिर २४ गते, सोमबार

संविधानसभाको कन्दनी फुस्कदै

काठमाडौँ । संविधानसभाको पूणारुप नआउदै यसको राजनीतिक औचित्य माथि प्रश्न उठ्न थालेको छ । निर्बाचन निष्पक्ष धाधलिरहित भएको सरकार र निर्बाचन आयोगको दाबीलाई चुनौती दिँदै एमाओवादी लगायत १६ साना दलले निर्बाचन आयोगद्वारा आव्हान गरेको र्सबदलीय बैठक बहिष्कार गरेपछि संविधानसभाको राजनीतिक हैसियत माथि प्रश्न खडा भएको हो । एमाओवादी सहित १६ दलले निर्बाचनमा धाँधली र षडयन्त्र […]

२०७० मंसिर २२ गते, शनिबार

माओवादी केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौ, २३ मंसिर ।। नेकपा-माओवादीको केन्द्रिय समितिको बैठक आजबाट बस्दै छ । माओवादीको गतसोमबार बसेको पोलिटव्युरो बैठकले केन्द्रिय समितिको बैठकको लागि राजनीतिक र सांगठनिक एजेण्डा तय गरेको थियो । पोलिटव्युरो बैठकले बहिष्कार आन्दोलनमा केही कमीकमजोरी भएको स्वीकार्दै भव्यरुपमा सफल भएको निस्कर्षनिकालेको थियो । आजवाट बस्ने केन्द्रिय समितिको बैठकमा समेत आन्दोलनको समिक्षा र भाबी आन्दोलनको कार्यक्रम […]

२०७० मंसिर २३ गते, आईतवार

माओबादी केन्द्रिय समितिको बैठक मङ्सिर २३ देखि

काठमाडौ, १८ मंसिर ।नेकपा – माओबादीको पोलिटब्युरो बैठकले आगामी मङ्सिर २३ गते केन्द्रिय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।पोलिटब्युरो बैठक निर्बाचन बहिस्कार आन्दोलनको समिक्षा र भाबी कार्ययोजना ठोस गर्दै हिजो सम्पन्न भएको हो । बैठकले बहिस्कार आन्दोलनमा केही कमी कमजोरी भएको स्वीकार्दै भव्यरुपमा सफल भएको निस्कर्ष निकालेकोबताइएको छ ।पोलिटब्युरो बैठकले आगामी मङ्सिर २३ गतेको […]

२०७० मंसिर १८ गते, मंगलवार

नेकपा – माओवादी आन्तरिक छलफलमा

काठमाडौ, १७ मंसिर । भर्खरै सम्पन्न दोस्रो संबिधानसभा निर्वाचनको समिक्षा र आगामी रणनीति तय गर्ने बिषयमा छलफल गर्न नेकपा माओबादीको बैठक पार्टी कार्यलय बुद्धनगरमा बसीरहेको छ ।केहिबेर अघि सुरुभएको बैठकमा पार्टीले अब तय गर्ने कार्यक्रका बारेमा छलफल भईरहेको छ ।निर्वाचन बहिस्कार गरी आन्दोलनमा गएको नेकपा माओबादीको बिरोधका बाबजुत पनि निर्वाचान सम्पन्न भएपछि अब कुन निती […]

२०७० मंसिर १७ गते, सोमबार

संविधानसभा र सरकार सहभागि हुँदैनौं : गौरब

काठमाडौँ , १६ मंसिर ।नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेल गौरबले निर्वाचन सम्पन्न भयो भनेर घोषणा गरेपनि आफ्नो पार्टीले उठाएको गोलमेच सम्मेलनको महत्व झन बढेर गएको भन्दै आफ्नो पार्टी संविधानसभा र सरकार सहभागि नहुने बताए। आइतबार राजधानीमा संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गौरबले आफ्नो पार्टी निर्वाचनको सम्पूर्ण प्रक्रियाकै विरोधमा रहेकाले जति सिट दिएपनि संविधानसभामा नजाने […]

२०७० मंसिर १६ गते, आईतवार

सरकार गठनमा छिनाझम्टी सुरु

काठमाडौँ । संविधानसभाको निर्वाचन परिणाम र्सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि जोडघटाउ सुरु भएको छ । दुइ ठूला दल काँग्रेस र एमालेका शीषनेताहरु सहमतीय सरकार गठनको प्रयासमा लागेको बताए पनि शक्ति बाँडफाँडमा कुरा नमिले अघिल्लो संविधानसभामा जस्तै सहमतिको नाम जप्दै बहुमतीय सरकार गठन हुने सम्भावना प्रबल भएको छ । निर्वाचनको परिणाम हर्ेदा बहुमतीय सरकार गठन […]

२०७० मंसिर १५ गते, शनिबार