सरकार गठनमा छिनाझम्टी सुरु

२०७० मंसिर १५ गते, शनिबार


काठमाडौँ । संविधानसभाको निर्वाचन परिणाम र्सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि जोडघटाउ सुरु भएको छ । दुइ ठूला दल काँग्रेस र एमालेका शीषनेताहरु सहमतीय सरकार गठनको प्रयासमा लागेको बताए पनि शक्ति बाँडफाँडमा कुरा नमिले अघिल्लो संविधानसभामा जस्तै सहमतिको नाम जप्दै बहुमतीय सरकार गठन हुने सम्भावना प्रबल भएको छ । निर्वाचनको परिणाम हर्ेदा बहुमतीय सरकार गठन आवश्यक ३ सय एक सभासद् कुनै पनि दलसँँग छैन । तर, काँग्रेस र एमालेले अन्य दलको साथ लिएर सरकार बनाउन सक्ने देखिन्छ । काँग्रेस र एमालेका दुइ दुइ नेता दुइ स्थानबाट विजयी भएका छन् । उपनिर्वाचन नहुँदासम्म मन्त्रिपरिषद्बाट मनोनित २६ लाई समेत कायम गर्दा संविधानसभा ५ सय ९७ सदस्यीय हुनेछ । यस्तोमा बहुमतीय सरकार गठनका लागि बनाउन २ सय ९९ मत चाहिन्छ । यस्तो अवस्थामा काँग्रेसले एमालेलाई छाडेर पनि सरकार गठन गर्नसक्नेछ । त्यसका लागि उसले एमाओवादीसहितका केही दललाई विश्वासमा लिनुपर्ने हुन्छ । संविधानसभामा काँग्रेसको सिट प्रत्यक्षको १ सय ५ र समानुपातिकको ९१ गरी १ सय ९६ भएको छ । सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा दर्ुइ-दर्ुइ स्थानबाट बिजयी भएकाले मतदान गर्दा काँग्रेसको कुल भोट १ सय ९४ हुन्छ । अब मन्त्रिपरिषद्बाट मनोनित २६ सभासदसहितको संविधानसभामा बहुमतीय सरकार बनाउन काँग्रेसलाई १ सय ५ मत चाहिन्छ । ८० सिट बोकेको एमाओवादीलाई विश्वासमा लिने हो भने काँग्रेसलाई थप २५ सिट चाहिन्छ । राप्रपा नेपाललाई समेट्ने हो भने मन्त्रिपरिषद्बाट मनोनितमा काँग्रेसको भागमा पर्ने केही सिटले उसलाई एमाले विना पनि सरकारको नेतृत्व दिन्छ । तर, राप्रपा नेपालले प्रतिपक्षमा बस्ने घोषणा गरेकाले काँग्रेसले सरकारको नेतृत्वका लागि एमाओवादीसँगै १४ सिट भएको फोरम लोकतान्त्रिक र १० सिट भएको राप्रपाको साथ लिनुपर्ने हुन्छ । ११ सिट भएको तमलोपा र १० सिट भएको फोरम नेपाल उसको विकल्प हुन्छ । मन्त्रिपरिषद्बाट मनोनित २६ सिटलाई छोड्ने हो भने संविधानसभा ७ सय २१ सदस्यीय हुनेछ । यस्तोमा बहुमतीय सरकार बनाउन आवश्यक २ सय ८६ पुर्याउन काँग्रेसलाई सरकार बनाउन थप ९२ मत चाहिन्छ । जुन, एमाओवादी र फोरम लोकतान्त्रिक वा राप्रपामध्ये एक लिए पुग्छ । यसैगरी एमालेले पनि एमाओवादीसहितका दललाई विश्वासमा लिने हो भने सबैभन्दा ठूलो दल काँग्रेसलाई सरकार बाहिर राख्न सक्छ । एमालेको सिट १ सय ७५ छ, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम दर्ुइ स्थानबाट विजयी भएकाले भोटिङमा एमालेको मत १ सय ७३ हुन आउँछ । यस्तोमा बहुमतीय सरकार गठनका लागि एमालेलाई १ सय २६ मत चाहिन्छ । त्यसका लागि एमालेले एमाओवादीसहितका साना दलहरुलाई समेट्नु पर्ने हुन्छ । एमाओवादीको ८०, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १३, तमलोपाको ११ र फोरमको १० सिट जोड्दा एमालेको बहुमत पुग्छ । छ सिट बोकेको सम्भावना, ५ सिट भएको संघीय समाजवादी र मालेलाई पनि एमालेले केही विकल्प बनाउन सक्छ । मन्त्रिपरिषद्बाट मनोनित २६ सिटलाई छोड्ने हो भने एमालेलाई काँग्रेसबाहेकको सरकार बनाउन थप १ सय १३ सिट चाहिन्छ । यसमा एमाओवादी, फोरम लोकतान्त्रिक, राप्रपा र केही साना दलको साथ लिनुपर्ने हुन्छ । अघिल्लो संविधानसभामा तेस्रो ठूलो दल भएर पनि एमालेले दुइ पटक सरकारको नेतृत्व गर्यो । यो पटक पनि त्यसो नहोला भन्न सकिन्न । तर, एमाओवादीले सरकारको नेतृत्व गर्न उसलाई काँग्रेस वा एमालेमध्ये कुनै एकले बोक्नु पर्छ र केही साना दलको पनि साथ चाहिन्छ ।

प्रतिक्रियाहरु