माओवादीको बैठक जारी

२०७० मंसिर २७ गते, बिहीबार

काठमाडौं,२७ मंसिर- आइतबारदेखि ललितपुरको कुपण्डोलमा बसिरहेको नेकपा-माओवादी केन्द्रीय समितिको बैठक आजपनि बस्दैछ । हिजोसम्म अधिकांस केन्द्रीय सदस्यले बोल्ने काम सकेका छन । माओवादी सचिव देव गुरुङले केही सदस्यहरुमात्रै बोल्न बाँकी रहेकाले बैठक शुक्रबार सकिने जानकारी दिए । बाँकी केन्द्रीय सदस्यले बोलेपछि अध्यक्ष मोहन वैद्य किरणको जवाफसहित बैठक सकिने माओवादीले जनाएको छ । जारी बैठक अध्यक्ष वैद्यको प्रतिवेदनलाई परिमार्जनसहित पारित भएपछि पार्टी नयाँ कार्यदिशा सहित अन्यदलसँग पनि छलफल अघि बढाउने माओवादीले जनाएको छ । बैठक आज पनि बिहान ११ बजेवाट बस्नेछ ।

प्रतिक्रियाहरु