संविधानसभा र सरकार सहभागि हुँदैनौं : गौरब

२०७० मंसिर १६ गते, आईतवार

काठमाडौँ , १६ मंसिर ।नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेल गौरबले निर्वाचन सम्पन्न भयो भनेर घोषणा गरेपनि आफ्नो पार्टीले उठाएको गोलमेच सम्मेलनको महत्व झन बढेर गएको भन्दै आफ्नो पार्टी संविधानसभा र सरकार सहभागि नहुने बताए। आइतबार राजधानीमा संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गौरबले आफ्नो पार्टी निर्वाचनको सम्पूर्ण प्रक्रियाकै विरोधमा रहेकाले जति सिट दिएपनि संविधानसभामा नजाने बताए। “अन्य पार्टी र नेताका बीचमा हाम्रो पार्टीलाई यतिउति सिट दिएर सहभागि गराउने हल्ला चलेको छ, अहिलेकै अवस्थामा हाम्रो पार्टीलाई जति सिट दिएपनि हामी संविधान सभामा जादैनौं, सरकार त टाढाको कुरा हो” गौरबले भने। उपाध्यक्ष गजुरेलले आफ्नो पार्टीले उठाएका मुद्दाहरू विजयी हुँदै गएरहको भन्दै अहिलेको निर्वाचनले निकास दिनुको साटो झन द्वन्द्व बढाएको बताए। राजनीतिक निकास गोलमेच सम्मेलनबाट हुने कुरा झन पुष्टि भएको गौरबले दाबी गरे।
कार्यक्रममा बोल्दै उपाध्यक्ष गौरबले एमाओवादीसँग पार्टी एकता र संयुक्त मोर्चा दुवै नहुने तर संविधानसभालाई छोडेर गोलमेच सम्मेलन आए सहकार्य हुन सक्ने बताए। “प्रचण्ड–बाबुराम जीहरुसँग पार्टी एकता त कुरै नगरौं, संयुक्त मोर्चा पनि हुन सक्दैन, गौरबले भने, संविाधनसभालाई छोडेर गोलमेच सम्मेलनमा आएपछि एमाओवादीसँग सहकार्य हुन सक्छ।” अर्को प्रसंगमा उपाध्यक्ष गौरबले केही दिन पहिला आफूले सम्मानजनक सिट दिए संविधासभामा सहाभागि हुने भन्ने कुरा आफूले नभनेको र भ्रमपूर्ण रुपमा मिडियामा आएको भन्दै नोटिस निकालेर खण्डन समेत गरेका थिए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु