संविधानसभाको कन्दनी फुस्कदै

२०७० मंसिर २२ गते, शनिबार

काठमाडौँ । संविधानसभाको पूणारुप नआउदै यसको राजनीतिक औचित्य माथि प्रश्न उठ्न थालेको छ । निर्बाचन निष्पक्ष धाधलिरहित भएको सरकार र निर्बाचन आयोगको दाबीलाई चुनौती दिँदै एमाओवादी लगायत १६ साना दलले निर्बाचन आयोगद्वारा आव्हान गरेको र्सबदलीय बैठक बहिष्कार गरेपछि संविधानसभाको राजनीतिक हैसियत माथि प्रश्न खडा भएको हो । एमाओवादी सहित १६ दलले निर्बाचनमा धाँधली र षडयन्त्र भएको भन्दै निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म निर्बाचन आयोगको सम्पर्ूण्ा गतिबिधिलाई बहिष्कार गर्ने बताएपछि समानुपातिक निर्बाचन अर्न्तगतको नामावली छनौट प्रभावित भएको छ भने संविधानसभा गठनमा गम्भीर अबरोध हुने देखिएको छ । निर्बाचनको परिणामलाई स्वीकार गरेका कांग्रेस, एमाले लगायतका दलहरु राष्ट्रपतिको नयाँ निर्बाचन र सरकार गठनमा बिबादित देखिएको बेला १६ दलको यस प्रकारको निर्ण्राे संविधानसभाले संविधान निर्माण भन्दा पनि यसको राजनीतिक, संवैधानिक हैसियत माथि नै प्रश्न उठेपछि मुलुकको राजनीति थप जटिल बन्ने निश्चित भएको छ । नेकपा-एमालेको राष्ट्रपति र उपराष्ट्रपतिले नयाँ जनादेशमा जानु पर्ने निर्ण्र्ासंगै राष्ट्रपति रामबरण यादव र उपराष्ट्रपति परमानन्द झा राजनीतिक र बैधानिक रुपमै संकटमा परेका छन् । कांग्रेसले राष्ट्रपतिले नयाँ जनादेशमा जाने कुरा नस्वीकार्ने बताइरहेकै बेला एमाले राष्ट्रपति र उपराष्ट्रपति नयाँ जनादेशमा जानुपर्ने औपचारिक निर्ण्र्ााा पुगेपछि यस्तो संकट देखिएको हो । एमालेको यस्तो निर्ण्र्ासंगै राजनीतिमा नयाँ ध्रुविकरणका संकेत देखिने निश्चित भएको छ । राष्ट्रपति परिबर्तन नगर्न कांग्रेसको अडान र राष्ट्रपति नयाँ जनादेशमा जानुपर्ने एमालेको निर्ण्र्ाासंगै त्यसले सरकार र संविधान निर्माणमा समेत प्रभाब पार्ने देखिन्छ । कांग्रेस र एमाले मिलेर सरकार र संविधान निर्माण गरिए अरु दलको आबश्यकता नपर्ने बिचारहरु आइरहेकै बेला राष्ट्रपति र उपराष्ट्रपतिको बिषयमा यी दर्ुइ दलहरु बीच देखिएको मतभेदले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । कांग्रेस राष्ट्रपति, प्रधानमन्त्री, गृह र अर्थजस्ता मन्त्रालय आफ्नो पोल्टोमा पारेर सरकार बनाउने तरखरमा लागेको र एमालेलाई आफु अनुकुल पछि लगाएर संविधान घोषणा गर्ने दाउमा रहेको कांग्रेसका नेताहरुको अभिव्यक्तिले प्रस्टै बुझन सकिन्छ । यद्यपि एमालेको पछिल्लो निर्ण्र्ाे कांग्रेसलाई त्यसो गर्न कठिन हुने देखिएको छ । कांग्रेस नेताहरुले यही बुझेर हुनर्ुपर्छ एमाले बिना सरकार बनाउने अथवा एमालेले सरकारको नेतृत्व गरे आफुहरु प्रतिपक्षमा बस्ने धारणा र्सार्वजनिक गर्नथालेका छन् । कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री, गृह र अर्थजस्ता मन्त्रालय लिने र आफूहरुलाई पिछलग्गु बनाउने आशय बुझेर हुनसक्छ एमालेले पछिल्लो पटक राष्ट्रपतिको बिषय निकालेर कांग्रेससँग आफ्नो राजनीतिक हैसियत देखाउन र सौदाबाजीको राजनीति गर्न खोजेको देखिन्छ ।
यसरी जुनसुकै बिषयमा भएपनि कांग्रेसले आफू ठुलो दल भएकोले जेसुकै गर्नसक्ने तर्फएमाले सचेत रहेको र एमाले बेगर कांग्रेसले मात्र केहि गर्ननसक्ने यथार्थ बोध गराउन एमालेको राष्ट्रपति र उपराष्ट्रपतिको बिषयमा पछिल्लो निर्ण्र्ाआएको बुझन सकिन्छ । त्यसो त एमालेका नेताहरुले प्याकेजमा सहमति हुनुपर्ने बताईरहेका छन् भने कांग्रेस आफ्नो निर्ण्रााट पछि नहटे यी दर्ुइ दलबीच राजनीतिक सहमतिको सम्भावना तत्काल नहुने देखिएको छ ।
यसैगरी, निर्बाचनमा धाधलि भएकोले निष्पक्ष छानविन टोली गठन नभएसम्म संविधानसभामा सहभागिता जनाउन नसकिने भनेर आफ्नो भनाई र्सार्वजनिक गरेका एमाओवादी सहित १६ दलले समानुपातिक निर्बाचन अर्न्तर्गतको नामावली छनौट प्रभावित भएको छ भने संविधानसभा गठनमा गम्भीर अबरोध हुने देखिएको छ । निर्बाचनको परिणामलाई स्वीकार गरेका कांग्रेस, एमाले लगायतका दलहरु राष्ट्रपतिको नयाँ निर्बाचन र सरकार गठनमा बिबादित देखिएको बेला १६ दलको यस प्रकारको निर्ण्राे संविधानसभाले संविधान निर्माणभन्दा पनि यसको राजनीतिक, संवैधानिक हैसियत माथि नै प्रश्न उठेपछि मुलुकको राजनीति थप जटिल बन्ने निश्चित भएको छ । यसैबिच, नेकपा-माओवादीले ‘कम्युनिस्ट ध्रुवीकरण’का लागि पहल गर्ने भएको छ । केन्द्रिय समितिका एजेण्डा तय गर्न बसेको पोलिटव्युरो बैठकले कम्युनिस्ट ध्रुवीकरणको पहल गर्ने निर्ण्र्ाागरेको हो । नेकपा-माओवादीको गत सोमबार सकिएको पोलिटव्युरो बैठकले राजनीतिक र सांगठनिक एजेण्डा तय गरेको छ । बैठकले सांगठनिक हिसावले अब कम्युनिस्ट ध्रुवीकरणका लागि पहल गर्ने एजेण्डा तय गरेको र सो एजेण्डा केन्द्रिय समितिबाट पारित गराउने निर्ण्र्ाागरेको स्रोतले बताएको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई बचाएर अगाडि बढाउनु आजको आवश्यकता भएको ठहर गर्दै पोलिटव्युरो बैठकले कम्युनिस्ट ध्रूवीकरणमा जाने निष्कर्षा पुगेको स्रोतले जनाएको छ भने एकीकृत माओवादीले कम्युनिस्ट ध्रूवीरकणका लागि भन्दै विभिन्न पार्टीग एकता गर्दै आएको छ ।

प्रतिक्रियाहरु