नेकपा – माओवादी आन्तरिक छलफलमा

२०७० मंसिर १७ गते, सोमबार


काठमाडौ, १७ मंसिर । भर्खरै सम्पन्न दोस्रो संबिधानसभा निर्वाचनको समिक्षा र आगामी रणनीति तय गर्ने बिषयमा छलफल गर्न नेकपा माओबादीको बैठक पार्टी कार्यलय बुद्धनगरमा बसीरहेको छ ।केहिबेर अघि सुरुभएको बैठकमा पार्टीले अब तय गर्ने कार्यक्रका बारेमा छलफल भईरहेको छ ।निर्वाचन बहिस्कार गरी आन्दोलनमा गएको नेकपा माओबादीको बिरोधका बाबजुत पनि निर्वाचान सम्पन्न भएपछि अब कुन निती लिएर अगाडी बढ्ने भन्ने बिषयमा छलफल भईरहेको बताइएको छ । बैठकमा निर्वाचनको परीणाम आएपनि अझै गोलमेच सम्मेलनवाट राष्ट्रिय सहमतिको सरकार गठनको लागि प्रयास गर्ने बिषयमा अहिले छलफल भईरहेको बताइएको छ ।

प्रतिक्रियाहरु