माओवादी केन्द्रिय समितिको बैठक बस्दै

२०७० मंसिर २३ गते, आईतवार


काठमाडौ, २३ मंसिर ।। नेकपा-माओवादीको केन्द्रिय समितिको बैठक आजबाट बस्दै छ । माओवादीको गतसोमबार बसेको पोलिटव्युरो बैठकले केन्द्रिय समितिको बैठकको लागि राजनीतिक र सांगठनिक एजेण्डा तय गरेको थियो । पोलिटव्युरो बैठकले बहिष्कार आन्दोलनमा केही कमीकमजोरी भएको स्वीकार्दै भव्यरुपमा सफल भएको निस्कर्षनिकालेको थियो । आजवाट बस्ने केन्द्रिय समितिको बैठकमा समेत आन्दोलनको समिक्षा र भाबी आन्दोलनको कार्यक्रम र रुप रेखाका बारेमा छलफल हुने र पार्टीले लिने आगामी कार्ययोजना र आन्दोलनको खाका केन्द्रिय समितिले नै तय गर्न माओवादीको योजना रहेको बुझिएको छ ।

प्रतिक्रियाहरु