मुख्य समाचार

बारपाकका भूकम्प पीडितसँग हातेमालो गर्दै माओबादी

काठमाडौँ । वैशाख १२ गते आएको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा नेकपा माओवादीले आफ्नो युवा दस्तालाई परिचालन गरेको छ । भुकम्पले गाउँ ध्वस्त पारेपछि खुला आकाशमुनि बसिरहेका बारपाकी जनतालाई अस्थायी घर निर्माण बनाइदिने कामदेखि ध्वस्त संरचना हटाएर पुरिएका सामान र अन्नपात निकालिदिने काममा अहिले बिप्लव माओवादीको युवा दस्ता रातोदिन खटिरहेको छ । रातो टिसर्ट लगाएका माओवादी […]

२०७२ बैशाख २९ गते, मंगलवार

भट्टराईको गाउँमा विप्लव

काठमाडौँ २७ बैशाख । नेकपा माओवादीका महसचिब नेत्रबीक्रम चन्द “विप्लव” शनिवार एनेकपा माओवादीका बरिष्ट नेता बाबुराम भट्टराईको जन्म थलो गोरखाको खोप्लाङ गाबिसको बेलबास गाउँमा भूकम्प पिडित जनतालाई राहत बितरण गर्न पुगेका छन् ।राहत बितरणका क्रममा जनतासंग भालाकुशारी गर्दै विप्लवले भने “जनयूद्धको क्रममा यो गाउँले ठूलो योगदान दिएको छ, यो महान गाउँबासीहारुलाई सानो भए पनि सहायोग […]

२०७२ बैशाख २७ गते, आईतवार

बारपाकमा विप्लव

काठमाडौं,२६ वैशाख । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता प्रकाण्ड लगायत केन्द्रिय नेताहरु, भूकम्प पीडितहरुलाइ सघाउन महाभुकम्पको केन्द्रविन्दु गोरखाको बारपाक पुगेका छन । यसक्रममा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” को टोलीले महाभुकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा आज राहत वितरण गरेको छ ।काठ्माडौबाट लगिएको खाद्मन्न, पाल, ड्राई फूड लगायतको राहत सामाग्री स्थानिय जितबहादुर घलेको नेतृत्वमा […]

२०७२ बैशाख २६ गते, शनिबार

भूकम्प पीडितलाई सघाउन माओबादी दौडाहा

काठमाडौं । नेकपा माओवादी भुकम्पबाट पीडितहरुलाई सघाउन घरदैलो कार्यक्रममा जुटेको छ । माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता प्रकाण्ड लगायत केन्द्रिय नेताहरु, भूकम्प पीडितहरुको सहयोगार्थ आफै सक्रिय भएर लागेका छन् । यसैक्रममा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता प्रकाण्ड र केन्द्रीय सदस्य उमा भूजेलसहितको टोलीले भूकम्पको केन्द्रविन्दु रहेको बारपाक पुगेर भूकम्प पीडितलाई सहयोग गरेका छन् […]

२०७२ बैशाख २६ गते, शनिबार

भूकम्प पिडितलाई सघाउन गोरखा पुगे माओवादी

काठमाडौँ २५ बैशाख। नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ भूकम्प पीडितका लागि खाद्यान्न र लत्ता कपडासहित गोरखाको बारपाक पुगेका छन । महासचिव विप्लव,प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड र उमा भूजेलसहितको टोली शुक्रबार काठमाडौँबाट गोरखाको बारपाक गएको हो । महासविच विप्लव नेतृत्वको टोलीले भूकम्पको केन्द्र विन्दु बारपाकका पीडितका लागि १ सय ५० क्विन्टल चामल, लत्ताकपडा लिएर […]

२०७२ बैशाख २६ गते, शनिबार

भूकम्प पिडितलाइ सघाउन माओबादी दस्ता दौडाहामा .

काठमाडौँ, २४ बैशाख । नेकपा माओवादीले गतसाता गएको विनासकारी भूकम्प प्रभावित जिल्लामा अवास पूर्ननिर्माण गरेर भुकम्प पिडितलाई सघाउने भएको छ ।आज पद्यमकन्या क्याम्पस डिल्लीबजारमा माओवादीले पत्रकार सम्मेलन गर्दै १४ जिल्लाका प्रभावित क्षेत्रमा घर पूर्ननिर्माण गरि सघाउने जानकारी दिएको हो । पार्टीका महासचिव नेत्र विक्रम विप्लवले पार्टीको युवा जनस्वंसेवक दस्तालाई भूकम्पबाट प्रभावित १४ जिल्लाहरुमा गएर पुर्ननिर्माणको […]

२०७२ बैशाख २४ गते, बिहीबार

भुकम्प पिडितलाई सघाउदै माओबादी

काठमाडौं, २० बैशाख । नेकपा माओवादी भुकम्पबाट पिडितहरुलाई सघाउन घरदैलो कार्यक्रममा जुटेको छ । यसैक्रममा आज माओवादीले महाविनाशकारी भुकम्पबाट पीडितहरुको उद्धारका लागि थालेको अभियानका क्रममा टोखामा भत्केका घरहरु निर्माणमा जुटेका छ । यसै शिलसिलामा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता प्रकाण्ड र नेता धर्मेन्द्र बास्तोला सहितका नेताहरु टोखामा पुगेर भत्केका घरहरु बनाउने काममा जुटेका हुन् […]

२०७२ बैशाख २० गते, आईतवार

डा. बरालद्वारा बैद्य माओवादी परित्याग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी- माओवादीका केन्द्रीय सदस्य डा. ऋषिराज बरालले मे दिवश २०१५ को सन्दर्भ पारेर सो पार्टीको साधारण सदस्य पनि नरहेको बताएका छन् । मोहन बैद्य ‘किरण’ को नेतृत्त्वमा रहेको माओवादीका केन्द्रीय सदस्य डा. बरालले जारी गरेको प्रेस विज्ञाप्तीमा आफूले बैशाख १७ गतेदेखि सो पार्टीसँग सम्बन्ध विच्छेद गरेको बताएका छन् । उनले बैद्य […]

२०७२ बैशाख १८ गते, शुक्रबार

माओवादीद्वारा रक्तदान

काठमाडौँ, १८ बैशाख । नेकपा माओवादीले भुकम्पबाट घाइते भएकालाई लक्षित गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भुकम्पबाट घाइते भएकाहरुको उपचारको क्रममा रगत अभाव हुँन नदिने उद्देश्यले रक्दान गरेकोे बताइएको छ । घाइतेको उपचारमा रगतको अभाव हुन नदिन रक्दान कार्यक्रम आयोजना गरेको सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्डले’ बताए । शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल रेडक्रसमा […]

२०७२ बैशाख १८ गते, शुक्रबार

भुकम्प पीडितको उद्दार र सरसफाई अभियानमा माओवादी

काठमाडौँ, १७ बैशाख । नेकपा माओवादी भुकम्प पीडितको उद्दार, राहत र सरसफाईमा जुटेको छ । काठमाडौँमा उपलब्ध पोलिट्व्यूरो, केन्द्रीय समिति सदस्य र जबस तथा मोर्चाको संयुक्त रुपमा बसेको बैंठकको निर्णय अनुसार उसले राजधानी काठमाडौँ लगायतका क्षतिग्रस्त ठाउँमा उद्दार तथा राहत पुर्याउन अभियाना सुरु गरेको छ । केन्द्रीय सदस्यको नेतृत्वमा भुकम्पबाट प्रभावित जिल्लामा उद्दार र अन्य […]

२०७२ बैशाख १७ गते, बिहीबार