भट्टराईको गाउँमा विप्लव

२०७२ बैशाख २७ गते, आईतवार

काठमाडौँ २७ बैशाख । नेकपा माओवादीका महसचिब नेत्रबीक्रम चन्द “विप्लव” शनिवार एनेकपा माओवादीका बरिष्ट नेता बाबुराम भट्टराईको जन्म थलो गोरखाको खोप्लाङ गाबिसको बेलबास गाउँमा भूकम्प पिडित जनतालाई राहत बितरण गर्न पुगेका छन् ।राहत बितरणका क्रममा जनतासंग भालाकुशारी गर्दै विप्लवले भने “जनयूद्धको क्रममा यो गाउँले ठूलो योगदान दिएको छ, यो महान गाउँबासीहारुलाई सानो भए पनि सहायोग लिएर आउँन पाउँदा खुशि लागेको छ ।”
शुक्रबार सो पार्टी र एक चिनियाँ नागरिकले संयुक्त रुपमा स्थानीय राहत वितरण समिति मार्फत बारपाकलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।सोहि क्रममा स्थनिय जनताले पूर्व प्रधानमन्त्रि समेत रहिसकेका भट्टराई तिर इंगित गर्दै उनिहरुले जिताएर पठाएका नेता महा विपत्ति जस्तो समयमा पनि नआएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।
महासचिब विप्लवले अस्थायी आवाशका निम्ति घर टहरा पनि बनाउन सघाउने र तत्कालिन राहतमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
विनासकारी भूकम्पपछी आफ्ना कार्यकर्ता संगै विप्लव बढी प्रभावित गउँबष्तिमै गएर राहत वितरण लगायतका कर्यमा जुटे पनी अरु शिर्श नेता भने कोहीपनी नआएको स्थानिय जनताले गुनासो गरेका छन् । राहतस्वरुप बेलवाश बाशीहरुलाई माओवादीले १०६ बोरा चामल, एक बोरा चाउचाउ, एक बोरा चिउरा, ३५ थान कम्बल, छ थान त्रिपाल र छ बाकस औषधि बितरण गरेको जानाईको छ । – धनन्जय बुढा

प्रतिक्रियाहरु